|
File Photo

काठमाडौं : नेपाल प्रहरीले पूर्वडिआईजी एवं ललितपुर निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद नवराज सिलवाललाई पक्राउ गर्न देशभरका जिल्ला प्रहरी कार्यालयहरुलाई पत्र पठाएको छ।

सिलवाल नेकपा एमालेबाट प्रतिनिधसभा सदस्यमा निर्वाचित सांसद हुन्।

सिलवाललाई सरकारी काजजात किर्ते मुद्दामा अनुसन्धानका लागि बुझ्नुपर्ने भएकोले पक्राउ गर्न भनिएको छ।

प्रहरी महानिरीक्षकमा बढुवाका लागि सिलवालले सरकारी कागजात किर्ते गरेको मुद्दा सर्वोच्च अदालतमा चलिरहेको छ। उक्त मुद्दामा सर्वोच्च अदालतले छानविन गर्न नेपाल प्रहरीलाई आदेश दिएको थियो।

प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभागले मातहतका निकायलाई लेखेको पत्रमा सिलवाललाई पक्राउ गरेर काठमाडौं प्रहरी परिसरमा बुझाउन निर्देशन दिएको छ।

पत्रमा लेखिएको छ, 'भू. पू. प्र.ना.म.नी. नवराज सिलवलालाई खोजतलास गरी फेला परेमा महनगरीय प्रहरी परिसर, काठमाडौंमा उपस्थितिका लागी जानकारी गराउनुहुन निर्देशानुसार अनुरोध गरिएको छ।’

उक्त पत्रमा विभागका प्रहरी निरीक्षक मदन कुँवरको हस्ताक्षर रहेको छ।

यसअघि सिलवालाई पक्राउ गर्नका लागि ललितपुर प्रहरीलाई महानगरीय प्रहरी परिसर काठमाडौंले पत्राचार गरेको थियो। जसको जवाफमा ललितपुर प्रहरीले फेला नपरेको भन्दै जवाफ पठाएको थियो।

सिलवाल हाल विदेशमा रहेको बताइएको छ।

हेर्नुहोस्, प्रहरी प्रधान कार्यालयले सिलवाललाई पक्राउ गर्न काटेको पत्र:

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.