|

काठमाडौं :  अन्तराष्ट्रिय बजारसँग मूल्य समायोजन गर्ने भन्दै नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ।

बुधबार रातिदेखि लागू हुनेगरी निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्य वृद्धि गरेको हो।

पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ, डिजल र मट्टितेलमा प्रतिलिटर दुई-दुई रुपैयाँ मूल्य बढेको निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराईले बताए। मूल्य बढेपछि पेट्रोलको प्रतिलिटर १०३ रुपैयाँ र डिजल तथा मट्टितेलको मूल्य प्रतिलिटर ८१ रुपैयाँ पुगेको छ।

जनवरी १५ मा इण्डियन आयल कर्पोरेशन (आइओसी)ले पठाएको मूल्यका आधारमा मूल्य समायोजन गरिएको निगमले जानकारी दिएको छ।

आइओसीले प्रत्येक १५ दिनमा पेट्रोल, डिजल र मट्टितेलको परिवर्तित मूल्य पठाउँछ भने प्रत्येक १ तारिखमा सबै पेट्रोलियम पदार्थको मूल्य पठाउने गर्छ। जसका आधारमा नेपाल आयल निगमले मूल्य समायोजन गरिने बताइएको छ।

केही हप्ता अघि मात्रै निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.