|

काठमाडौं : सर्वोच्च अदालतले मंगलबार राजिव गुरुङ (दीपक मनाङे) को विषयमा कुनै छलफल नभएको जनाएको छ। सर्वोच्चको इजालसले मनाङेको विषयमा कुनै निर्णय नगरेको अदालतको वेबसाइटमा उल्लोख छ।

वादी प्रतिवादीका नाममा मनाङेको नाम उल्लेख नभए पनि कतिपय मिडियाले मनाङेलाई सर्वोच्चले पाँच वर्ष फैसला सुनाएको समाचार सम्प्रेषण गरेका थिए। अदालतका सञ्चारविज्ञ किशोर पौडेलले भने,‘मनाङेको विषय सर्वोच्चसँग जोडिएपनि मनाङेलाई नै अदालतले पाँच वर्ष जेल सजायको फैसला सुनाएको छैन। तत्कालीन पुनरावेदन अदालतले जेल सजाय सुनाएकाले त्यसैलाई नै स्वीकार गर्नुपर्ने हुन्छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.