|
फाइल फोटो

काठमाडौं : तामाङ समुदायले बिहीबार सोनाम ल्होछार अर्थात नयाँ वर्ष नमनाउने भएको छ। सोनाम ल्होथो अर्थात् सोनाम कृषि चन्द्रपात्रो अनुसार आजभन्दा ठीक एक महिनापछि फागुन ४ मा मात्रै ‘ल्हो’ फेरिने भएकोले बिहीबार नमाइने भएको तामाङ समुदायका संघसंस्थाले जनाएका छन्।

सरकारले भने बिहीबार नै सोनाम ल्होछारको सार्वजानिक बिदा दिएको छ। नेपाल तामाङ घेदुङलगायत विभिन्न एक सयभन्दा बढी संघसंस्थाले यसअघि नै सरकारले दिएको सार्वजानिक बिदा सार्न अनुरोध गरे पनि त्यसको सुनुवाइ नहुनु दुःखद भन्दै एक महिनापछि मात्रै मनाउने जनाएका छन्। नेपाल तामाङ घेदुङका अध्यक्ष मोहन गोलेले सोनाम ल्होछारको बिदा बिहीबार दिए पनि यो पटक सोनाम कृषिपात्रो अनुसार मलमासले गर्दा एक महिनापछि ग्याल्बो ल्होछारसँगै परेकोले त्यस दिन मात्रै मान्ने बताए। 

तर ल्होछारको अवसरमा बिहीबारदेखि विभिन्न सामूहिक कार्यक्रम सुरु भएको गोलेले बताए। नेपाल तामाङ राष्ट्रिय घेदुङले बिहीबार काठमाडौंको भृकुटी मण्डपमा ल्होछारको कार्यक्रम गर्दैछ। ह्योल्मो, घलेलगायतका हिमाली भेगमा बसोबास गर्ने समुदायले भने बिहीबार नै ल्होछार मनाउने जनाएका छन्।
मञ्जुश्री पात्रोअनुसार यो वर्ष चरा वर्ष पूरा गरी कुकुर वर्षमा प्रवेश हुदैछ।

एक वर्षमा एक ‘ल्हो’ मानि १२ वर्षमा १२ वटा जनावरको नाममा चक्र पूरा हुने पम्परा छ। मुसा, गाई, बाघ, खरायो, ड्रागन, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गर्ने परम्परा रहेको खेन्पो सोनाम ग्युर्मीले जानकारी दिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.