|

भक्तपुर : जिल्ला अदालत भक्तपुरले बिहीबार हुने भनिएको भक्तपुर जिल्ला फुटबल संघको निर्वाचन स्थगित गर्न अन्तरिम आदेश दिएको छ। जिल्ला न्यायाधीश मातृकाप्रसाद मरासिनीको इजलाशले अखिल नेपाल फुटबल संघको निर्वाचन निर्देशिका २०७४ पालन नभएको देखिएको कारण देखाउँदै संघको बिहीबार हुन गइरहेको अधिवेशन र निर्वाचन रोक्न अन्तरिम आदेश दिएको हो।

आदेशमा भनिएको छ, ‘निर्देशिकाको दफा ७ बमोजिम जिल्ला फुटबल संघको निर्वाचन गर्न कम्तिमा सात दिन अगावै अखिल नेपाल फुटबल संघबाट स्वीकृति लिनुपर्ने व्यवस्था भएको सन्दर्भमा निर्देशिकामा उल्लेखित प्रावधानहरुको समेत पालन भएको नदेखिएको हुँदा भक्तपुर जिल्ला फुटबल संघले मिति २०७४\१०\४ गते गर्न लागेको अधिवेशन तथा निर्वाचन जस्ता कार्य नगर्नु नगराउनु भनै जिल्ला अदालत नियमावली २०५२ को नियम १८ (ञ) बमोजिम विपक्षीका नाममा अन्तरिम आदेश जारी गरिदिएको छ ।’ 

आदेशमा अन्तरिम आदेशलाई निरन्तरता दिनु पर्ने वा नपर्ने सम्बन्धमा छलफल गर्न दुवै पक्षलाई माघ १० गते अदालतमा उपस्थित हुन आदेश समेत दिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.