|

नवलपरासी : नवलपरासीको त्रिवेणीधामको माघे ‌औँसी मेलामा भारतीय तीर्थालु बोकेर आउँदै गरेको ट्याक्टर मंगलबार दुर्घटना हुँदा एकजना भारतीयको मृत्यु भएको छ भने अन्य १५ जना तीर्थालु घाइते भएका छन्। 

नवलपरासीको बर्दघाट सुस्ता पूर्व–त्रिवेणीधाममा लागेको माघे औँसी मेलामा तीर्थालु बोकेर आएको युपी ५३ बी क्यू ०४२० नंको ट्याक्टर विनयी त्रिवेणी गाउँपालिका–६ को तटियाखोलामा पल्टिएको थियो। ट्याक्टर पल्टिँदा चालक भारत गोरखपुरका साधु केबटको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा १५ जना घाइते भएका छन्। तीमध्ये चार जनाको अवस्था गम्भीर रहेको छ। दुर्घटनामा परेका सबै भारतको गोरखपुरका बासिन्दा हुन्। 

भारतको गोरखपुरबाट माघे औँसीका अवसरमा त्रिवेणीधाममा नुहाउन र पूजाआजा गर्न आएका तीर्थालु चढेको ट्याक्टर पल्टिँदा सो दुर्घटना भएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.