|

क्रिकेटमा २०१७ सालमा भारतको प्रदर्शन उत्कृष्ट रह्यो। त्यसको असर टेस्ट र एकदिवसीयतर्फ आइसीसीले घोषणा गरेको 'क्रिकेट टिम अफ दि इयर'मा देखिएको छ। जसमा कप्तान विराट कोहली दुवैतर्फ कप्तानका रुपमा रहन सफल भए। पुरै टिममा भारतीय खेलाडीको दबदबा रह्यो।

कोहलीले आइसीसीको वर्षको उत्कृष्ट खेलाडीको अवार्ड पनि हात पारेका छन्। २१ सेप्टेम्बर २०१६ देखि ३१ डिसेम्बर २०१७ सम्म गरेको प्रदर्शनको आधारमा टिम घोषणा गरिएको हो। टेस्ट टिमममा अस्ट्रेलिया, दक्षिण अफ्रिका र भारतका समान ३-३ खेलाडीले स्थान बनाउँदा इंग्ल्यान्डका २ खेलाडी टिममा रहन सफल भए।

त्यस्तै एकदिवसीयतर्फ सर्वाधिक धेरै भारतीय खेलाडी रहन सफल भएका छन्। आइसीसीको 'वान डे प्लेइङ इलेवन'मा भारतका तीन, पाकिस्तान र साउथ अफ्रिकाका २-२ खेलाडी परेका छन्। त्यस्तै अस्ट्रेलिया, इंग्ल्यान्ड, न्युजिल्यान्ड र अफगानिस्तानका समान १ - १ खेलाडीले टिममा स्थान बनाएका छन्। 

कोहलीसहित चार खेलाडीले एकदिवसीय र टेस्ट दुवै टिममा स्थान पाएका छन्। जसमा अस्ट्रेलियाका डेभिड वार्नर, इंग्ल्यान्डका बेन स्टोक्स र दक्षिण अफ्रिकाका विकेटकिपर ब्याट्सम्यान क्वान्टन डे कक त्यो सूचीमा परेका छन्। 

आइसीसी टेस्ट टिम 
१.    डिन इल्गर (दक्षिण अफ्रिका)
२.    डेभिड वार्नर  (अस्ट्रेलिया)
३.    विराट कोहली  (कप्तान, भारत)
४.    स्टेभिन स्मिथ  (अस्ट्रेलिया)
५.    चेतेश्वर पुजारा (भारत)
६.    वेन स्टोक्स (इंग्लान्ड)
७.    क्वान्टन डे कक (विकेटकिपर, दक्षिण अफ्रिका)
८.    रविचन्द्रन आश्विन (भारत)
९.    मिचेल स्टार्क (अस्ट्रेलिया)
१०.    कागिसो राबाडा (दक्षिण अफ्रिका)
११.    जेम्स एन्डर्सन (इंग्ल्यान्ड)

आइसीसी एकदिवसीय टिम 
१.    डेभिड वार्नर  (अस्ट्रेलिया)
२.    रोहित शर्मा (भारत)
३.    विराट कोहली  (कप्तान, भारत)
४.    बाबर अजाम  (पाकिस्तान)
५.    एबी डिभिलियर्स (दक्षिण अफ्रिका)
६.    क्वान्टन डे कक (विकेटकिपर, दक्षिण अफ्रिका)
७.    वेन स्टोक्स (इंग्ल्यान्ड)
८.    ट्रेन्ट बाउन्ट (न्युजिल्यान्ड)
९.    हसन अली (पाकिस्तान)
१०.    रसिद खान (अफगानिस्तान)
११.    जसप्रित बुमराह (भारत)
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.