|

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रसँगको एकता प्रक्रिया छिटो टुंग्याउने गरी अगाडि बढिरहेको जानकारी दिएका छन्।

स्वास्थ्य उपचारका लागि थाइल्यान्डको राजधानी बैंकक गएका ओली बिहीबार स्वदेश फर्किएका हुन्। उनले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग बोल्दै उनले भने,'माओवादी केन्द्रसँग पार्टी एकता हुँदैन कि भनेर आशंका गरिरहन पर्दैन, सकेसम्म छिटो एकता हुने गरी दुई पार्टीबीच गृहकार्य भईरहेको छ।'

अध्यक्ष ओलीले मुलुकलाई सुशासन, स्वच्छता र समृद्धिको बाटोमा अघि बढाउने गरी दुई पार्टी एक हुन लागेको बताए। उनले आफू आएकोले अब पार्टी एकताले तीव्रता पाउने दाबी गरे।

अध्यक्ष ओलीले दुई पार्टीबीच एकता हुँदैन भन्ने नसोच्न आग्रह गरे। त्यस्तै पार्टी एकता विरुद्ध लागेकाहरुलाई चेतावनी दिँदै उनले भने, 'माओवादी केन्द्रसँग पार्टी एकता नहोस् भनेर आश नगर्न सचेत गराउँदछु।'

यो पनि पढ्नुहोस्: प्रदेश प्रमुख र राजधानीबारे ओलीको असन्तुष्टि

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.