|

काठमाडौं : बिहीबार राजधानी काठमाडौंमा तामाङ समुदायले २८५४औँ सोनाम ल्होछार मनाएका छन्।

राजधानीको भृकुटीमण्डपमा  तामाङ समुदायले  एक कार्यक्रम गरेर यो पर्व मनाएको हो। कार्यक्रममा तामाङ समुदायका मानिसले आफ्नो वेशभूषामा सजिएर झाँकी तथा गीत-संगीत प्रस्तुत गरेका थिए।

तामाङ समुदायले ल्होछारको अवसरमा एकआपसमा शुभकामना आदानप्रदान तथा खुसियाली साटासाट गरेका थिए। तामाङ समुदायले बाह्र जीवजन्तुलाई आधार मानेर ल्हो चक्रमा विश्वास गरी जन्मदेखि मृत्यु हुँदासम्म पनि सोही चक्रका आधारमा विभिन्न संस्कार गर्ने गर्छन्।

मञ्जुश्रीले चन्द्र पात्रोको विकास गरी त्यसलाई धर्मदर्शनका रूपमा बाहिर ल्याउने कार्य गरेको स्मरणमा सोनाम ल्होछार मनाउने गरिएको जनविश्वास छ।

फोटोमा हेर्नुस् ल्होछारको रौनक

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.