|

डोटी : प्रदेश राजधानी माग्दै सुरु भएको आन्दोलन उग्र बन्दै गएको छ। डोटीमा बिहीबार प्रहरी र आन्दोलनकारीबीच झडप भएको छ। 

क्षेत्रीय प्रशासन कार्यालय डोटीमा आन्दोलनकारीले ढुंगामुढा गरेपछि प्रहरीले १० राउण्ड अश्रुग्यास प्रहार गरेको छ। प्रदेशको अस्थायी राजधानी माग गर्दै प्रदर्शनमा उत्रिएका आन्दोलनकारीलाई अश्रुग्यास प्रहार गर्दा दिपायल सिलगढी नगरपालिका– ४ का ४३ वर्षका भरत विक, सोही नगरपालिका– १ का ४० वर्षका नारायण खड्का र केआई सिंह गाउँपालिकाका करी भण्डारी घाइते भएका छन्।

विकलाई धनगढी रिफर गरिएको सुजङ अस्पतालले जनाएको छ। अन्य दुई जनाको सुजङ अस्पताल राजपुरमा उपचार भइरहेको बताइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.