|

काठमाडौं : माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले पार्टी एकताका लागि शीर्ष तहमा मात्रै सहमति हुन बाँकी रहेको बताएकी छन्। उनले एकता प्रक्रिया अन्तिम चरणमा पुगेकाले सरकार गठनअघि नै एमालेसँग पार्टी एकता हुने बताएकी हुन्।

बिहीबार काठमाडौंमा आयोजित अन्तर्क्रिया कार्यक्रममा बोल्दै उनले पार्टी एकताका लागि दुवै पार्टीले एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई जिम्मेवारी दिएको बताइन्। उनले सांगठनिक एकताका लागि कार्यदल बनाएर सहमति जुटाइने र सैद्धान्तिक विषयमा पनि कुनै समस्या नरहेकाले दुई नेताले अन्तिम रूप दिएपछि पार्टी एकता हुने बताइन्।

उनले जनताले पार्टी एकताका लागि मतदान गरेकाले पार्टी एकता र सरकार गठन सोहीअनुसार गर्न लागेको बताइन्। उनले भनिन्, 'जनताले दुवै दलका नेतालाई वाम एकता गर्न जनादेश दिएका हुन्, जनादेशअनुसार एकता र सरकार गठन हुन्छ।'

बिहीबार नै बैंककबाट स्वास्थ्य उपचार गराएर फर्किएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि तीव्र रूपमा पार्टी एकताले गति लिने बताएका थिए।

सरकारले प्रदेश प्रमुख नियुक्त गरेका व्यक्तिका विषयमा माओवादीको समर्थन नरहेको प्रवक्ता पम्फा भुसालको भनाइ थियो।

यो पनि पढ्नुहोस् : माओवादीसँग पार्टी एकता नहोस् भन्ने कामना नगर्नुस् : अध्यक्ष ओली

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.