|

भविन कार्की-
संखुवासभा : धनकुटालाई १ नम्बर प्रदेश राजधानी बनाउनुपर्ने माग गर्दै गरिएको पटक पटकको अनिश्चितकालीन बन्दले संखुवासभालगायत भोजपुर र तेह्रथुम जिल्लावासीलाई समेत समस्या भएको छ।

सरकारले बुधबार १ नम्बर प्रदेशको अस्थायी राजधानी विराटनगर तोकेपछि धनकुटामा चलिरहेको आन्दोलन झनै उग्र बन्दै गएको छ। बन्दका कारण यातायातका साधन सञ्चालन हुनसकेका  छैनन्। यहाँका यात्रुहरू मारमा परेका छन्।

संखुवासभाको सदरमुकाम खाँदबारीबाट साना तथा ठूला सवारी साधन चल्न सकेका छैनन्। बिहान खाँदबारीबाट यातायातका साधन चले पनि धनकुटा र संखुवासभाको सिमानामा पर्ने केवा खोला पुगेपछि घण्टौँ कुर्नुपर्ने बाध्यता छ। 

बन्दकर्ताले राती ११ बजेदेखि बिहान ५ बजेसम्म सडक खुला गरे पनि ठाउँठाउँमा अवरोध हुने गरेको खाँदबारीका रामकुमार ओझाले बताए। बन्दको मारमा व्यापारी र बिरामी परेका छन्।

जिल्ला अस्पताल संखुवासभाबाट रिफर भएका बिरामीलाई समस्या परेको जिल्ला स्वास्थ्य प्रमुख डा. विनितकुमार झाले बताए। तुम्लिङटार एयरपोर्टबाट काठमाडौंसम्म दैनिक निजी एयरलाइन्सले उडान भर्र्नेे भए पनि टिकट अभाव रहेको स्थानीयको भनाइ छ। बुद्ध एयरले सातामा तीन पटक विराटनगर–तुम्लिङटार उडान भर्ने गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.