|

महोत्तरी : बर्दिबास–९ पशुपतिनगरमा चिसोले कठ्यांग्रिएर बिहीबार एक महिलाको मृत्यु भएको छ। घरमा सुतेकी स्थानीय ६० वर्षीय रामपरीदेवी कोइरीको बिहान मृत अवस्थामा भेटिएकी जिल्ला प्रहरी कार्यालयले जनाएको छ। न्यानो ओड्ने र ओच्छ्याउने अभावमा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। 

यसअघि गत पौष २७ गते गौशाला ११ की ७० वर्षीया बटिनी सदा र पौष २६ गते पिपरा गाउँपालिका–४ का अन्दाजी ६५ वर्षीय सुरेन्द्र मिश्रको चिसोबाटै कठ्यांग्रिएर मृत्यु भएको थियो। यस्तै गत पुस २९ गते गौशाला ४ मलहनियाँका ६० वर्षीया भोला सदाको चिसोबाटै कठ्यांग्रिएर मृत्यु भएको स्थानीय गोपी साहले जानकारी दिए। 

मृत्यु हुने सबै गरीब तथा अति विपन्न परिवारका भएको प्रहरीले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.