|

सिन्धुपाल्चोक : बाह्रविसे नगरपालिका–६ स्थित अरनिको राजमार्गमा बिहीबार साँझ जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।

 तातोपानीबाट बाह्रबिसे आउँदै गरेको बा १ च ९९५० नम्बरको बोलेरो जिप अनियन्त्रित भई दुर्घटना हुदाँ घटनास्थलमै एक जनाको ज्यान गएको थियो। अन्य दुई जनाको उपचारको क्रममा मत्यु भएको इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक पञ्चमान बाखुले जानकारी दिए।

दुर्घटनामा बाह्रविसे नगरपालिका–८ मानेश्वाराका गोमा तामाङ, सोही ठाउँको पासाङ तामाङ र बाह्रबिसे नगरपालिका–९ की समीक्षा गुरुङको मृत्यु भएको हो। जिपमा १३ जना सवार थिए। काभ्रेको धुलिखेल र काठमाडौंका विभिन्न अस्पतालमा घाइतेहरूको उपचार भइरहेको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.