|

धनगढी (कैलाली) :  प्रदेश नम्बर सातको अस्थायी मुकाम तोकिएसँगै प्रादेशिक सरकारका लागि अावश्क भवनलगायतका संरचनाको खोजी सुरु गरिएको छ। 

क्षेत्रीय प्रशासक लक्ष्मीराम पौडेल नेतृत्वको टोलीले बिहीबार धनगढीमा रहेका क्षेत्रीय स्वास्थ्य तालिम केन्द्र, कृषि, क्षेत्रीय वन, क्षेत्रीय सिँचाइ निर्देशनालय, जिल्ला समन्वय समिति, घरेलु तथा साना उद्योग कार्यालय, सहकारी प्रशिक्षण तथा डिभिजनलगायतका कार्यालयहकाे निरीक्षण गरी भवनको वस्तुस्थितिबारे जानकारी लिएको छ। 

प्रदेश प्रमुखको निवास, कार्यालयका साथै शपथ ग्रहण गरिने स्थानको टुंगो आजसम्म लगाइसक्ने र प्रदेश सरकार मातहतका लागि चाहिने थप कार्यालयको टुंगो पनि केही दिनभित्रै लगाउने क्षेत्रीय प्रशासक पौडेलले बताए। 

'अहिलेलाई धनगढीमा उपलब्ध भवनको प्रयोग गर्ने हो', पौडेलले भने, 'पछि प्रदेश सरकार आफैँले व्यवस्थापन गरिहाल्छ।' प्रदेश सरकारअन्तर्गत गठन हुने मन्त्रालयका साथै मुख्यमन्त्री, मन्त्री, प्रदेशसभा सचिवालय, मुख्यसचिवको कार्यालयका साथै निवासको प्रयोजनका लागि ठूलो संख्यामा भवन आवश्यक पर्ने बताइएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.