|

सधैँ एक अर्काविरुद्ध आगो ओकल्ने उत्तर–दक्षिण कोरिया पछिल्लो पटक अप्रत्यासित रूपमा नरम छन् र वार्ताको टेबलसम्म पुगेका छन्। त्यसको एउटै कारण दक्षिण कोरियामा हुने शीतकालीन ओलम्पिकमा उत्तरको सहभागिताको इच्छा हो।

क्षेप्यास्त्र तथा आणविक हतियार विकासले अन्तराष्ट्रिय रूपमानै खतरा बनेको उत्तर कोरियाले दक्षिण कोरियामा आयोजना हुने शीतकालीन ओलम्पिकमा भाग लिन इच्छा ब्यक्त गरेसँगै उत्तर र दक्षिण कोरियाको सम्बन्ध सुधारका साथै उत्तर प्रतिको धारणा केही परिवर्तन हुने संकेत देखिएको छ।

सबैकुरामा असन्तुष्टिबीच खेल भावनालाई सम्मान गर्ने दक्षिण कोरियाको संकेत र उत्तरले खेल माध्यममार्फत चालेको सहनशीलताको पछिल्लो समय निकै ठूलो चर्चा छ। उत्तरको सहभागिताबारे तत्कालै कुनै निर्णय भएको छैन। तर, दुई जना स्केटरको सहभागिता भने निश्चित छ।

यस्तो अवस्थामा केही खेलहरुमा निकै राम्रो छवि बनाएको उत्तर कोरियाको भने शितकालीन ओलम्पीकमा परीक्षण हुने पक्का छ त्योभन्दा पनि ठूलो कुरो पछिल्लो समय बढ्दो राजनितिक तनावलाई ओलम्पिकले मथ्थर पार्न सके त्यो विश्व समुदायकै लागि ठूलो उपलब्धि हुनेछ।

कुन खेलमा बलियो छ उत्तर?

उत्तर कोरियको विषयमा अक्सर धेरै कुराहरु अनुमानका भरमानै गर्ने गरिन्छ। तर, फुटबल विश्वकपमा धैरैपटक एसियाबाट स्थान बनाएकाले उत्तरले खेलकुदमा ठूलो विकास गरेको मान्नेहरूको कमी छैन। विशेष गरेर फुटबल, तेक्वान्दो जस्ता खेलहरूमा उत्तरले निकै राम्रो प्रदर्शनका साथ धेरै पदकहरूसमेत जितेको छ भने केही खेलहरूमा कीर्तिमानसमेत राखेको छ। यस्तोमा उत्तरले आगामी शीतकालीन ओलम्पिकमा कस्तो प्रदर्शन गर्ने हो त्यो भने सबैको चासोको विषय बनेको छ।

उत्तर कोरियाका खेलाडीको नाममा विश्व कीर्तिमान

गृष्मकालीन ओलम्पिकको कुरा गर्ने हो भने उत्तरले कुल ५४ पदक हात पार्दै भारत र नाइजेरियाजस्ता ठूला देशहरूलाई पछि पारेको छ। भारोत्तोलनबाट उदय भएको उत्तरले विश्वमा आफ्नो छुट्टै उपस्थिति देखाइसकेको छ।

शितकालीन ओलम्पिकमा उत्तरका खेलाडीहरूको नाममा भारोत्तोलनमा तीन विश्व कीर्तिमान र गृष्मकालीन ओलम्पिकमा दुई कीर्तिमान रहेका छन्। गत वर्ष ब्रजिलको रियो दे जेनेइरोमा आयोजित गृष्मकालीन ओलम्पिकमा उत्तरले दुई स्वर्णसहित ७ पदक हात पारेको थियो। 

यसैगरी, २०१९ को विश्वकपबाट बाहिरिए पनि फिफाको वरीयतामा उत्तरको महिला समूह ११ औँ स्थानमा रहँदै महिलाहरूप्रति पनि उत्तरमाथि हुने गरेको आरोप उसले फुटबलमार्फत खण्डन गरिसकेको छ। उत्तर गत वर्ष डिसेम्बरमा आयोजित इस्ट एसिया फुटबल फेडेरेसन च्याम्पियसिपको विजेता बनेर अर्को तहल्का मचाउन सफल भयो। यसअघि, पनि २०१६ को यु-२० विश्वकप पनि उत्तरले जित्दै सनसनी मच्चायो।

तर, २०११ मा उत्तरका पाँचजना खेलाडीले प्रतिबन्धित पदार्थ प्रयोग गरेको भेटिएपछि उसको छवि केही धमिलिएको थियो। तर, जे होस उत्तरले आफ्नो रवाफ जति आणविक उत्पादनमा देखाएको छ। त्यतिनै नभए पनि खेलकुदमा पनि विश्वमञ्चमा उदयमान शक्तिका रूपमा आफूलाई उभ्याउँदै लगेको  छ। जारी शितकालीन ओलम्पिकमा उत्तरले आफू बलियो रहेको तेक्वान्दोतर्फ पनि सहभागिता जनाउने अपेक्षा गरिएको छ। प्योङयाङमा आयेजित पछिल्लो अन्तराष्ट्रिय खेलमा उत्तरले २२ स्वर्ण पदक प्राप्त गरेको थियो।

आर्थिक रूपमा केही कमजोर मानिए पनि उत्तरमा खेलाडीहरूका लागि पर्याप्त सुविधा हुने गरेको जनाइएको छ। यतिसम्म गरिन्छ कि सानै उमेरदेखि प्रतिभाशाली खेलाडीहरूलाई विशेष विद्यालयमा पढाइन्छ जहाँ उनीहरूले पढाइका साथै खेलको पनि पर्याप्त अभ्यास मात्र गर्दैनन् उनीहरूलाई आफ्नो लक्ष्य र पाउनुपर्ने सफलताको हेक्का पनि राम्रोसँग दिने गरिन्छ। जसले गर्दा उत्तर कोरिया भारतले जित्न नसकेको स्वर्णमा आफ्नो प्रभुत्व स्थापित गर्न सफल भएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.