|

भक्तपुर : भक्तपुरको सल्लाघारीस्थित सिर्जनानगरमा बिहीबार राति भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने तीन जना सामान्य घाइते भएका छन्।

काठमाडौंबाट सूर्यविनायकतर्फ आउँदै गरेको बा२ज २०४१ नं को ट्याक्सीलाई सोही दिशाबाट आउँदै गरेको बा४४प ५१५२ नं को मोटरसाइकलले पछाडिबाट ठक्कर दिएसँगै सोही दिशाबाट आएको अर्को बा८५प ७०४६ नं को मोटरसाइकलले समेत ठक्कर खाँदा भएको दुर्घटनामा बा४४प ५१५२ नं को मोटरसाइकल चालक दोलखा भीमेश्वर नगरपालिका-१३ बस्ने ३५ वर्षीय रोशनकुमार बस्नेतको मृत्यु भएको हो।

दुवै मोटरसाइकलमा सवार चारजना घाइतेलाई उपचारका लागि भक्तपुर अस्पतालमा ल्याउँदा उपचारको क्रममा बस्नेतको मृत्यु भएको महानगरीय प्रहरी परिसर, भक्तपुरका प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईंले बताए।

दुर्घटनामा काभ्रे जिल्ला कोशीपारी ८ बस्ने वर्ष २४ को केदार खनाल, दोलखा जिल्ला सैलुङ १ बस्ने वर्ष २० को मनोज योञ्जन र रामेछाप निगालपानी ३ बस्ने वर्ष १९ को धावा मोक्तान सामान्य घाइते भएका छन्।

ट्याक्सी चालक धनकुटा मुगा ५ घर भई हाल काठकाडौ बानेश्वरमा बस्ने वर्ष ४० को गंगा बहादुर थापा, ३ जना घाइते र २ मोटसाइकल र ट्याक्सी महानगरीय प्रहरी वृत्त जगाती भक्तपुरको नियन्त्रणमा रहेको प्रहरीले जनाएको  छ। भने घटनाको थप अनुसन्धान भइरहेको उपरीक्षक प्रसाईंले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.