|

संखुवासभा : सडक दुर्घटनामा मृत्यु भएका कर्मचारी तथा गाउँपालिका अध्यक्षको शोकमा शुक्रबार जिल्लाका स्थानीय तहमा बिदा दिइएको छ।

जिल्लाको मकालु गाउँपालिका ३  स्थित पाथीभराको समाटार मृगेगौडामा गत पुस ३० गते भएको जीप दुर्घटनामा मृत्यु भएका कर्मचारी तथा गाउँपालिका अध्यक्षको शोकमा जिल्लाका स्थाानीय तह बिदा गरिएको हो।

दुर्घटनामा परी मकालु गाउँपालिका अध्यक्ष खड्गबहादुर कटुवाल, जिल्ला समन्य समितिका  सूचना अधिकारी शुभाषचन्द्र कुइँकेल र हेदाङनागढीका सुरेशकुमार राईलगायत ६ जनाको मृत्यु भएको थियो। संखुवासभाका स्थानीय तह र जिल्ला समन्वय समितिले शोकसभा आयोजना गरी मृतकहरूप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ। जिल्ला समन्वय समितिले गरेको शोकसभामा संखुवासभाका प्रतिनिधिसभा सदस्य राजेन्द्र गौतम र प्रदेशसभा सदस्य ‘ख’का तुलसीप्रसाद न्यौपानेले मृतकको तस्वीरमा माल्र्यापण गरी श्रद्धाञ्जली व्यक्त गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.