|

प्युठान : दाङको बंगलाचुली गाउँपालिका-७ आमडाँडामा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन्। शुक्रबार बिहान प्युठानको सरुमारानी गाउँपालिका-४ जस्पुरबाट हात्तीखाल हुँदै दाङ जाँदै गरेको लु१ज २६५४ नम्बरको जिप दुर्घटना भएको हो।

दुर्घटनामा परी सरुमारानी- ४ का २५ वर्षीय कविराम बरालको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। जिपका सहचालक सरुमारानी-४ का २१ वर्षीय सुदन विक र सरुमारानी-४ का ६५ वर्षीय मोमबहादुर पल्ली गम्भीर घाइते छन्। हालै खोलिएको जस्पुर-बिर्खे कच्ची सडकमा जिप दुर्घटना भएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.