|

एक मान्छेले अर्को मान्छेको हत्या गर्‍यो भने सजाय हुन्छ। त्यसमा जेल र फाँसीको सजाय देशका कानुनअनुसार हुन्छ।

तर, तपाईंले सुन्नुभएको छ? कि मान्छेले माहुरीको हत्या गरेको अभियोगमा पक्राउ गरिएको छ वा गरिन्छ।

अमेरिकामा यस्ता मान्छेलाई गिरफ्तार गरिएको छ जसमाथि माहुरीको हत्या गरेको अभियोग लागेको छ।

अमेरिकाको आयोवा राज्यमा प्रहरीले दुई जनालाईलाई गिरफ्तार गरेको छ। उनीहरुलाई व्यवसायमा घाटा पुर्‍याएको अभियोग लागेको छ।

दुई किशोरले माहुरीका ५० घार फोडेको आरोप प्रहरीले लगाएको छ। जसका कारण पाँच लाख माहुरी मरेको बताइएको छ। ती युवकहरुले माहुरीका घारहरुमा त्यतिबेला नोक्सान पुर्‍याएका थिए जतिबेला उक्त ठाउँ हिउँले पुरिएको थियो र तापक्रम माइनसमा झरेको थियो।

गिरफ्तार गरिएका किशोरहरुको उमेर एकको १२ वर्ष र अर्कोको १३ वर्ष रहेको बताइएको छ।

वाइल्ड हिल हनी फार्मका मालिक जस्टिन एंगलहार्टले यी दुई किशोरहरुको हर्कतका कारण उनलाई ६० हजार डलरको घाटा लागेको छ। उनले यसलाई मूर्खतापूरण कार्य भनेका छन्। 'उनीहरुले सबै घार फोरिदिए र माहुरीहरुलाई मारे। जसका कारण हाम्रो व्यवसाय चौपट भयो', एक पत्रिकासँग कुरा गर्दै उनले भनेका छन्।

यो घटना गत डिसेम्बर २८ को हो। जब एंगलहार्ट पत्नीका साथ माहुरीका घारमा परेको हिउँ हटाउन गएका थिए त्यतिबेला घार फोरिएका थिए भने माहुरी मरिसकेका थिए।

एंगलहाल्टले भने, 'उनीहरु हाम्रो फार्ममा घुसेका थिए र सबै सामाग्री बाहिर हिउँमा फालेका थिए। आफूले गर्नसक्नेजति गरे। उनीहरुले केही चोरेको जस्तो लागेन तर जति तहसनहस गर्न सक्थे गरे।'

त्यसपछि यो व्यवसायी दम्पतीले प्रहरीमा उजुरी दिए र ती किशोरहरुलाई प्रहरीले गिरफ्तार गरेको हो। उनीहरुलाई अपराधिक गतिविधि गरेको, माहुरीलाई मारेको, उद्योगमा क्षति पुर्‍याएको र चोरीका हतियार राखेको अभियोग लगाइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.