|

मार्टिन गुप्टिलको शतक तथा बलरहरूको उत्कृष्ट बलिङको मद्दतमा न्यूजिल्यान्डले पाकिस्तानविरुद्धको अन्तिम तथा पाँचौँ एक दिवसीय खेलमा १५ रनको रोमाञ्चक जीत निकाल्दै सिरिज ‘क्लिन स्विप’ गरेको छ। यसअघि भएका सबै चारवटै सिरिज जितेको न्युजिल्यान्डले अन्तिम सिरिजमा पनि पाकिस्तानलाई हराउन सफल भयो।

वेलिङ्टनमा भएको पाँचौँ एक दिवसीय खेलमा टस जितेर पहिलो ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २७१ रन बनायो। जवाफमा पाकिस्तान ४९ ओभरमा अलआउट हुँदै २५६ रन मात्र जोड्न सफल भयो।

कमजोर सुरुवातका बाबजुद पाकिस्तानको पछिल्लो क्रम केही सम्हालिए पनि टिमलाई ‘क्लिन स्विप’ हुनबाट जोगाउन भने असफल रह्यो। चौथो नम्बरमा ब्याटिङका लागि आएका हरिश सोहिलले सर्वाधिक ६३ रन बनाउनु पाकिस्तानको धेरै रनका रूपमा रह्यो।

सोहीलअघिका तीन ब्याट्सम्यान राम्रो इनिङ नखेल्दै पेभिलियन फर्किए भने उनीपछिका दुई ब्याट्सम्यान पनि दोहोरो स्कोर नबनाउँदै आउट भए। यस्तोमा पाकिस्तान ५७ रन जोड्दा महत्त्वपूर्ण ५ विकेट गुमाइसकेको थियो। तर सोहिल र सदाव खानले टिमलाई समाले सदावले ५४ रनको अर्धशतकीय पारी खेले। त्यसपछि क्रिजमा आएका फहिम आस्रफले २३ रन जोड्दा अमीर यमिनले ३२ रनको अविजित पारी खेले।

त्यसपछि क्रिजमा आठौँ नम्बरमा क्रिजमा आएका मोहम्मद नवाजले पनि २३ रन जोडेर आउट भए। अन्तिम नम्बरमा ब्याटिङका लागि आएका रुमन रइस ५ रनमै आउट भएपछि ६ बल अगावै पाकिस्तान पराजित हुनपुग्यो। पछिल्लो क्रम सम्हालिन प्रयास गरे पनि मध्यम स्कोर बनाउँदै आउट भएपछि अन्तिम ओभरमा १५ रन चाहिनुअघि नै टिम अलआउट हुन पुग्यो।

यसअघि टस जितेर पहिलो ब्याटिङ गरेको न्युजिल्यान्डले ओपनर मार्टिन गुप्टिलको १०० रनको शतकीय पारी तथा रोस टेलरको ५९ रनको अर्धशतकीय पारीमा २७१ रनको स्कोर खडा गर्न सफल भयो। गुप्टिलले १२६ बलमा १० चौका र एक छक्का प्रहार गरेका थिए। न्युजिल्यान्डका अघिल्ला क्रममा पाँच ब्याट्सम्यानले मध्यम स्कोर बनाउनु टिमको जीतको आधार तयार पार्न पर्याप्त भयो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.