|

काठमाडौं : फिल्म ‘रोमियो एण्ड मुना’ले आफ्नो प्रदर्शन मिति हेरफेर गरेको छ। फागुन ११ गतेबाट प्रदर्शनमा आउने भनिएको यो फिल्म अब भने चैत २ गतेबाट प्रदर्शनमा आउने भएको छ।

फिल्मको समयमा काम नसिकएको भन्दै निर्माता प्रशन्न गोपालीले रिलिज मिति पछाडि सारेको बताए। उनले भने, ‘भीएफएक्स र एनिमेसन सोचेजस्तो भएन। त्यसैले समय लिएर नै राम्रो काम निकाल्न फिल्मको प्रदर्शन मिति सार्नुपर्‍यो।’ चैत २ गते भने फिल्म जुनसुकै हालतमा पनि रिलिज हुने निर्माता गोपालीले बताए।

नरेशकुमार केसी निर्देशित यस फिल्ममा विनय श्रेष्ठ र सृष्टि श्रेष्ठको मुख्य भूमिका रहेको छ। निर्देशक केसीकै लेखन रहेको यस फिल्ममा प्रशन्न गोपालीसँगै रोजी श्रेष्ठ र कविन शाक्यको पनि लगानी रहेको छ।

शहरिया केटा र गाउँले केटीको कथा रहेको फिल्ममा विनय र सृष्टिका अलावा सुष्मा कार्की, प्रज्वल सुजल गिरी, सुरक्षा पन्तलगायतको भूमिका रहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.