|

अक्षयकुमार अभिनित फिल्म प्याडम्यानले आफ्नो प्रदर्शन मिति हेरफेर गरेको छ। जनवरी २५ मा रिलिज हुने भनिएको यो फिल्म अब भने दुई हप्ता अघि अर्थात् जनवरी ९ मा प्रदर्शन हुने पक्का भएको छ।

बलिउडको प्रतिक्षित र चर्चित फिल्म ‘पद्मावत’ले जनावरी २५ लाई आफ्नो रिलिज मिति तोकेसँगै प्याडम्यान अघि सरेको हो। पद्मावतलाई यो वर्षकै सर्वाधिक चर्चित एवं प्रतीक्षित फिल्मको रुपमा हेरिएको छ। पद्मावतसँग रिलिज हुँदा आफूलाई व्यापारिक रुपमा पनि घाटा हुने कुरालाई मध्यनजर राख्दै प्याडम्यान अघि सरेको हो।

जनावरी ९ मा नेपाली फिल्मका युवा स्टार अनमोल केसी अभिनित फिल्म कृ रिलिज हुँदै छ। नेपाली बक्सअफिसमा अनमोल भर्सेस् अक्षकुमारको भिडन्त हुने पक्का भएको छ। नेपाली दर्शकमाझ ‘कृ’ पनि एकदमै प्रतिक्षित बनिरहेको र अक्षयकुमार पनि नेपाली बक्सअफिसमा दरिलो नाम भएका कारण पनि यी दुईबीचको भिडन्त रोचक हुने देखिएको छ।

यो भिडन्तलाई नेपाली फिल्म भर्सेस बलिउड फिल्मको रुपमा पनि हेर्न सकिन्छ। किनकि दुवै फिल्म दर्शकको प्रतीक्षाका हुन्।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.