|

सोलुखुम्बु : महाकुलुङ गाउँपालिका–२ मा फैलिएको भाइरलको नमुना संकलन गरी काठमाडौं पठाइएको छ। शुक्रबार संकलन गरिएको नुमना शनिबारसम्म काठमाडौं पुर्‍याएर परीक्षण गरिने जिल्ला स्वास्थ्य कार्यालय सोलुखुम्बुले जनाएको छ। 

भाइरलका कारण बिरामीमा ज्वरो आउने, खोकी लाग्ने, बान्ता, झाडापखाला हुने टाउको दुख्ने गरेको छ। गाउँभरि यस्तो समस्या आएपछि स्थानीयवासी त्रसित भएका छन्। भाइरल प्रभावित गाउँमा गत आइतबारदेखि शुत्रबारसम्म ४ सय ५८ जनाको  उपचार गरिएको छ। प्राथमिक स्वास्थ्य केन्द्र सोताङका डा. सण्डु शेर्पासहितको र्‍यापिड रेसपोन्स टिमले उपचार गरेको हो। टोलीले घरघरमा पुगेर बिरामीका अवस्था बुझिरहेको छ। जिल्ला स्वास्थ्य कार्यालय सोलुखुम्बुबाट खटिएका टिमका सम्पर्क व्यक्ति स्वास्थ्य सहायक कुमार केसीका अनुसार बिरामीहरूको अवस्था सुधारोन्मुख छ। भाइरलका महाकुलुङमा दुई जनाको मृत्यु भएको छ।

भाइरलका कारण सुरुमा बालबालिका बढी प्रभावित भए पनि अहिले अभिभावक प्रभावित बनेका छन्। स्वास्थ्यकर्मी केसीका अनुसार ९० प्रतिशत अभिभावक छन्। उनले भने, ‘सबै बिरामीमा देखिएको लक्षणका आधारमा उपचार भइरहेको छ।’ 

महामारीको रूपमा देखा परेको भाइरलका कारण मंगलबारदेखि ६ गतेसम्म बन्द गरिएको स्थानीय पेल्माङ आधारभूत विद्यालय सञ्चालन गर्ने नगर्ने भन्ने अझैं यकिन नभएको प्रधानाध्यापक टंकबहादुर दाहालले बताए।

गाउँमा हरेक घरमा कुखुरा, सुँगुर पालिने गरिएको छ। केही दिनअघि ती कुखुरा, सुँगुर बिरामी भएर मरेकाले गाउँमा फैलिएका कारण भाइरल स्वाइनको अाशंका गरिएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.