|

धनकुटा : धनकुटामा जारी भएको प्रदर्शन तेस्रो दिन पनि जारी छ। प्रदेश नम्बर एकको राजधानीको माग गर्दै भएको आन्दोलन हिंसात्सक हुँदै गएको भन्दै प्रशासनले बिहीबारदेखि  निषेधाज्ञा लगाएको हो।

प्रादेशिक राजधनी निर्माण संघर्ष समितिले आह्वान गरेको अनिश्चितकालीन आमहड्तालको र निषेधाज्ञाका कारण शनिबार धनकुटाको जनजीवन बिहानैदेखि प्रभावित भएको छ। प्रदेशको अस्थायी राजाधानी नतोकेको विरोधमा भएको प्रदर्शन हिंसात्मक बनेपछि धनकुटा बजार क्षेत्रमा प्रशासनले बिहीबारदेखि जारी गरेको छ।

धनकुटा बजारको पूर्वमा बिहीबारेहाट, पश्चिममा नगरपालिकाको ढाट, उत्तरमा लोकसेवा क्षेत्रीय कार्यालय, दक्षिणमा चिरबिरे चौताराबीचको क्षेत्रमा निषेधित क्षेत्र घोषणा गरिएको छ।

निषेधित क्षेत्रमा ५ जनाभन्दा बढीको समूहमा हिँड्न नपाइने प्रशासनले जनाएको छ। निषेधाज्ञा जारी भए पनि आन्दोलनकारीले मदनचौकमा टायर बालेर सरकारी निर्णयविरुद्ध प्रदर्शन गरिरहेका छन्। अस्थायी राजधानी विराटनगर तोक्ने सरकारी निर्णय फिर्ता नभएसम्म हड्ताल जारी राख्ने आन्दोलन परिचालन समितिले जनाएको छ।

धनकुटा बजार क्षेत्रमा बुधबारदेखि पसल, शैक्षिक संस्था, यातायात, कलकारखाना पूर्णरूपमा बन्द छन्। जसका कारण कोशी राजमार्गको भेंडेटार, वसन्तपुर खण्डमा यातायातका साधन पूर्णरूपमा ठप्प छन्। सवारी साधन, बजार, उद्योगधन्दा, शिक्षण संस्था बन्द हुँदा जनजीवन दिनदिनै अस्तव्यस्त बन्दै गएको छ। कोशी राजमार्गको उक्त खण्डमा यातायातका साधन नचल्दा भोजपुर, तेह्रथुम र संखुवासभाको जनजीवन पनि प्रभावित बनेको छ।

नागरिकता फिर्ता र घरघरमा कालो झण्डा गाडिने

धनकुटावासीले सरकारलाई नागरिकता फिर्ता दिने भएका छन्। सरकारी निर्णयको विरोधको आन्दोलनरत जिल्लावासीले शनिवारबाट नागरिकता संकलन गरेर सरकारलाई फिर्ता पठाउने आन्दोलन परिचालन समितिले शुक्रबार साँझ निर्णय गरेको हो। 

सरकारले धनकुटेलीलाई नागरिक सरह व्यवहार नगरेको भन्दै विरोध स्वरुप नागरिकता फिर्ता दिने निर्णय भएको आन्दोलन परिचालन समिति संयोजक सुन्दरबाबु श्रेष्ठले बताए। त्यस्तै, घर–घरमा कालो झण्डा गाड्ने र कालोपट्टी बाध्ने निर्णय गरेको छ। त्यस्तै, धनकुटाबाट निर्वाचित प्रदेशसभाका सांसदहरूलाई सपथ ग्रहण नगर्न र सरकारी कार्यालयमा 'पेन डाउन'का लागि आग्रह गर्ने पनि निर्णय गरिएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.