|

सुनसरी : मोफसलमै पहिलो पटक सर्वाधिक पुरस्कार राशिको अन्तराष्ट्रिय आमन्त्रण मदन भण्डारी ममोरियल इटहरी गोल्डकप प्रतियोगिता उद्घाटन गर्न राष्ट्रपति विद्यादेवी भण्डारी इटहरी आउने भएपछि सुरक्षा व्यवस्था कडा पारिएको छ। प्रतियोगिता उद्घाटन गर्ने नेपाली सेनाको हेलिकोप्टरमार्फत राष्ट्रपति इटहरी आउन लागेकी हुन्।

शनिबार दिउसो पौने दुइ बजे नेपाली सेनाको पूर्वी पृतना इटहरी ४ राष्ट्रपति अवतरण गरेपछि राष्टपति सिधै इटहरी–९ मा रहेको गोल्डकप आयोजनास्थल रंगशाला पुग्ने रुटमा बिहानैदेखि सुरक्षा व्यवस्था कडा पारिएको छ। पूर्वकै सबैभन्दा जेठो र स्थापित राष्ट्रिय जागृति क्लब इटहरीले इटहरीको प्रदेश स्तरीय रंगशालामा गर्न लागेको प्रतियोगितामा भण्डारी आउने निश्चित भएपछि एक सातादेखि नै रंगशाला वरिपरि सेनाले निरीक्षण जारी राखेको थियो। 

उद्घाटन खेलमा थ्री स्टार र एपीएफ भिड्दै
मोफसलकै सर्वाधिक पुरस्कार राशीको अन्तराष्ट्रिय आमन्त्रण मदन भण्डारी मेमोरियल गोल्डकपको उद्घाटन खेलमा थ्रीस्टार र एपीएफ भिड्दैछन्। माघ १३ गते सम्म हुने गोल्डकपमा दुइ बिदेशी सहित ८ टिमले सहभागिता जनाउने आयोजक राष्टिय जागृति क्लबका अध्यक्ष सञ्जीव ढुंगानाले जानकारी दिए। प्रतियोगितामा नेपालका मनाङ मर्स्याङ्दी, थ्रीस्टार, नेपाली सेनाको त्रिभुवन आर्मी, आयोजक राष्टिय जागृति क्लब, झापा ११, एपीएफ काठमाण्डौले सहभागिता जनाउने छन्।

यस्तै विदेशी टिमहरु डुक एयर भुटान र गरिफा स्पोर्टिङ क्लब कलकत्ताले पनि सहभागिता जनाउने आयोजकले जनाएको छ। विजेताले १२ लाख नगदसहित अढाइ तोला सुन र ८० तोला चाँदीजडित शिल्ड पाउने छ। क्षेत्रीय रंगशालामा हुने फुटबल प्रतियोगिताका उपविजेतालाई ५ लाख नगद र ट्रफी प्रदान गरिने छ। प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई ४२ इञ्चको एलईडी टेलिभिजन नगद २५ हजार, प्रत्येक खेलको 'म्यान अफ दि म्याच' घोषित खेलाडीलाई नगद १० हजार र ट्रफी प्रदान गरिने छ।

यस्तै विधागत रूपमा उत्कृष्ट खेलाडी तथा प्रशिक्षकलाइ नगद २० हजार प्रदान गरिने आयोजकले बताएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.