|
फाइल फोटो

दाङ : प्रदेश राजधानीको माग गर्दै  मंगलबारदेखि बन्द जारी छ। सरकारले प्रदेश नम्बर ५ को अस्थायी राजधानी रुपन्देहीलाई तोकेपछि आन्दोलन चर्किएको हो।

भौगोलिक हिसाबल प्रदेशको केन्द्रमा रहेको भागमा रहेको दाङलाई प्रदेश राजधानी नतोकी रूपन्देहीलाई तोकेर अन्याय गरेको भन्दै आमहडताल सुरू भएको हो। जसका कारण दाङमा यातायात, शैक्षिक संस्था, कलकारखाना, उद्योग र बजार ठप्प छ ।

सरकारले निर्णय नसच्चाएसम्म आन्दोलन जारी रहने जिल्ला आन्दोलन संघर्ष समितिका संयोजक टीकाराम खड्काले बताए। पूर्वपश्चिम राजमार्गको दाङ खण्डमा राति प्रहरीले स्कर्टिङ गरेर यात्रुलाई गन्तव्यमा पुर्‍याउँदै आएको थियो। आन्दोलनकारीले शुक्रबारदेखि राति पनि बन्दलाई प्रभावकारी बनाउने निर्णय गरेका छन्।

शनिबार राजमार्ग कब्जा गर्ने, कुनै पनि सरकारी कार्यालय सञ्चालन हुन नदिने, जनप्रतिनिधि आन्दोलनमा नआएमा बन्धक बनाउने, कर नतिर्नेजस्ता कार्यक्रम आन्दोलनकारीले अघि सारेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.