|

झापा (भद्रपुर) : जिपको ठक्करबाट गम्भीर घाइते भएकी एक वृद्धाको उपचारको क्रममा शनिबार मृत्यु भएको छ। मेचीनगर नगरपालिका-१२ की ८२ वर्षीया पवित्रा श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। 
मेचीनगर नगरपालिका-१२ शहरेडाँगीस्थित राजमार्गमा शुक्रबार बेलुका बिर्तामोडबाट इलामतर्फ जाँदै गरेको अल्फाबेट खुल्न नसकेको २५९४ नम्बरको बोलेरो जिपले श्रेष्ठलाई ठक्कर दिएको थियो। 

बाटो काट्ने क्रममा जिपको ठक्करबाट गम्भीर घाइते भएकी श्रेष्ठको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए। महिलालाई ठक्कर दिएर फरार रहेको बोलेरो जिप र चालकको प्रहरीले खोजी कार्य तिब्र बनाएको प्रहरी नायव उपरीक्षक बस्नेतले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.