|

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच शनिबार भेटवार्ता हुने भएको छ। पार्टी एकताका विषयमा छलफल गर्न भेटवार्ता हुन लागेको हो।

पार्टी एकता, राष्ट्रियसभा निर्वाचन र प्रदेश सरकार निर्माणका विषयलाई अन्तिम रूप दिन शनिबार दुई अध्यक्षबीच छलफल हुन लागेको हो। तर अहिलेसम्म समय तय भइनसकेको ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए। उनले भने,‘छलफल हुने हो। तर अहिलेसम्म समय तय भएको छैन। साँझसम्म हुने सम्भावना छ।’

पार्टी एकताको विषयमा दुई नेताले गृहकार्य गरेपछि भोलि एकता संयोजन समितिको बैठक बसेर टुंग्याइने बताइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.