|

काठमाडौँ : सुमोको ठक्करबाट स्कुटर चालक दक्षिणकाली नगरपालिका-६ का २७ वर्षीया एलिसा भण्डारीको मृत्यु भएको छ। शुक्रबार राति कुलेखानीबाट काठमाडौँ आउँदै गरेको ना१ज ३३७५ नम्बरको टाटा सुमोले बा५७प ३०७८ नम्बरको स्कुटरलाई फर्पिङमा ठक्कर दिँदा सो दुर्घटना भएको थियो। 

महानगरीय ट्राफिक प्रहरी महाशाखाका सहप्रवक्ता मुकुन्द मरासिनीले तीव्र गतिमा गुडिरहेको सुमोले स्कुटरलाई ठक्कर दिँदा गम्भीर घाइते भएकी भण्डारीको उपचारका क्रममा शनिबार बिहान २:३० बजे बयोधा अस्पतालमा निधन भएको जानकारी दिए। टाटा सुमोसहित चालकलाई महानगरीय प्रहरी प्रभाग फर्पिङले नियन्त्रणमा लिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.