|

सिन्धुपाल्चोक  : वैदेशिक रोजगारीका क्रममा संयुक्त अरब इमिरेट्स (युएई) पुगेका सुनकोशी गाउँपालिकास्थित यमुनाडाँडाका २७ वर्षीय अमृत श्रेष्ठको मृत्यु भएको छ। बिहीबार राति मफ्रकस्थित आफ्नै कम्पनीको क्याम्पमा सुतिरहेको अवस्थामा उनको मृत्यु भएको पारिवारिक स्रोतले बताएकाे छ।

रोजगारीका लागि विदेश गएको ५५ दिन मात्रै भएको उनको परिवारिक स्रोतले जनाएको छ। एकै कोठामा बस्ने मोरक्कन सहकर्मीका अनुसार अघिल्लो दिन साँझ ड्युटीबाट फर्किएपछि नुहाएर सुतेका थिए।  उनी सुत्ने बेलाको अवस्था सामान्य रहेको बताइएको छ।

काममा अनुपस्थित भएपछि कम्पनीले बिहान करिब ८ बजे खोजी गर्दा उनी आफ्नै ओछ्यानमा कोल्टे फर्किएर सुतेको अवस्थामा मृत फेला परेका थिए। हृदयघातको आशंका गरिएको उनको शवलाई पोस्टमार्टमको लागि आबुदाबीस्थित खलिफा हस्पिटलमा राखिएको छ।

मृतक श्रेष्ठ आबुदाबीस्थित ‘सेक्युरिगार्ड मिडल इस्ट कम्पनी’को मातहतमा कर्नेसको ‘एडनक’मा सुरक्षाकर्मीको रुपमा कार्यरत थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.