|

डडेल्धुरा : डडेल्धुराका युवापिँढीहरुमा लागुऔषधको दुर्व्यसनीको समस्या दिन प्रतिदिन विकराल बन्दै गएको छ। विशेषगरी १८ वर्षदेखि ४० वर्ष उमेर समूहमा लागुऔषधको प्रयोग बढ्दो देखिन्छ।

विषेश गरी डडेल्धुरा सदरमुकाममा लागुपदार्थ बेचविखन भइरहँदा यहाँका युवाहरु यसको लतमा फसिरहेका छन्। लागुऔषधको दुर्व्यसनीको समस्या दिन प्रतिदिन विकराल बन्दै गएपछि जिल्लाका युवाहरु यसको न्यूनीकरणतर्फ अग्रसर भएका छन्।

लागुपदार्थ दुर्व्यसनीविरुद्ध युवा अभियान’अन्तर्गत शुक्रबार जिल्ला युवा समिति डडेल्धुराको अगुवाइमा प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी कार्यालय प्रमुखलाई ज्ञापन पत्र बुझाएका छन्। जिल्ला प्रशासन कार्यालय पुगी प्रमुख जिल्ला अधिकारी जनकराज भट्ट र प्रहरी नायव उपरीक्षक चक्रराज जोशीलाई युवाहरुले ज्ञापन पत्र बुझाएका हुन्।

लागुऔषधको दुर्व्यसनीमा फसेका युवा वा सार्वजनिक क्षेत्रमा ध्रुमपान गर्ने व्यक्तिलाई तरुन्त पक्राउ गरी कानुनी कटघेरामा ल्याउन माग राख्दै उनीहरुले ज्ञापन पत्र बुझाएका हुन्।

जिल्लामा विद्यालय उमेर समुहका किशोरहरु यसको सिकार भइरहेका छन्। सदरमुकाममा केही क्षेत्र बसपार्क, तुफानडाँडा चोक, जिल्ला शिक्षा कार्यालय नजिक, टुँडिखेल लगायतका विभिन्न सार्वजनिक स्थानहरुमा लागुऔषध बेचविखन तथा प्रयोग अत्याधिक हुने गरेको हाम्रो ठम्मयाइ छ।’ उक्त ज्ञापन पत्रमा उल्लेख छ।

ज्ञापनपत्रमा भनिएको छ, जिल्लामा युवाहरुबाट नै विभिन्न लागुऔषधहरु निर्यात भइरहेको र यसरी खुलेआम लागुपदार्थ बेचबिखन तथा प्रयोग भइरहेका परिपेक्षमा प्रहरी प्रशासन किन मौन ? यो कुरामा हाम्रो ध्यानार्कषण भएको छ।

हामी लागुऔषधको दुर्व्यसनीमा फसेका युवा वा सार्वजनिक क्षेत्रमा यस्ता क्रियाकलाप गर्ने व्यक्तिलाई तरुन्त पक्राउ गरी कानूनी कटघेरामा ल्याउन पनि यो ज्ञापन पत्र मार्फत प्रहरी प्रशासनलाई अनुरोध गर्दछौं।’

ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी भट्ट र प्रहरी नायव उपरीक्षक जोशीले यसको नियन्त्रण गर्न आफूहरु युवाहरुसँग हातेमालो गरेर अगाडि बढ्न तयार रहेको बताएका छन्।

प्रहरी नायव उपरीक्षक जोशीले यदी कुनै व्यक्तिले यस्ता किसिमका लागूऔषध प्रयोग र विक्री वितरण गरेको सूचना पाए उसलाई कानूनको दायारा ल्याउन आफू तत्पर रहेको प्रतिबद्धता व्यक्त गरेको छन्।

बिहीबार जिल्ला सदरमुकाममा बसेको युवाहरुको भेलाले जिल्ला युवा समितिको संयोजकत्वमा जिल्लामा क्रियाशील युवा क्लवहरुलाई संगठित गरी डडेल्धुराका युवाहरुमा बढ्दो लागूपदार्थ दुर्व्यसनीलाई न्यूनीकरण गर्न विभिन्न अभियानहरु सञ्चालन गर्ने निर्णय थियो।

सो निर्णयअनुसार शुक्रबार ज्ञापन पत्र बुझाएको जिल्ला युवा समितिका अध्यक्ष भरत मल्ले जानकारी दिएका छन्। आगामी दिनमा ‘लागू पदार्थ दुर्व्यसनीविरुद्ध युवा अभियान’ लाई तीव्रताका साथ जिल्लाका सात वटै स्थानीय तहमा सञ्चालन गर्ने उनले बताएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.