|

काठमाडौं : नेपाली क्रिकेटका लागि महत्वपूर्ण अवसरका रुपमा हेरिएको विश्व क्रिकेट लिग डिभिजन २ को खेल तालिका सार्वजानिक भएको छ।

खेल तालिका आयोजक राष्ट्र नामिबियामा सार्वजनिक गरिएको हो ।

खेल तालिका अनुसार डिभिजन टू को पहिलो खेल नेपालले आगामी २५ माघमा आयोजक नामिबियासँग खेल्नेछ। प्रतियोगिता आगामी २३ माघ देखि ४ फागुनसम्म चल्ने छ। प्रतियोगितामा ६ टिमबीच प्रतिस्पर्धा हुनेछ। डिभिजन-२ मा नेपाल, युएई, नामिबिया, केन्या, क्यानडा र ओमानले एकअर्का विरुद्ध प्रतिष्पर्धा गर्ने छन्। डिभिजन-२ का शीर्ष २ टिमले विश्वकप छनोटमा स्थान बनाउने छन्।

नेपाली टिमका प्रमुख प्रशिक्षक जगत टमाटाले नेपाली टिमले केहि समय दुबईमा अभ्यास गर्ने बताएका छन्। उनले एक साताभन्दा लामो समय दुबईमा खेल खेल्ने जानकारी दिए। जसका लागि नेपाल आगामी साता दुबई जाँदै छ। त्यसपछि नेपाली टिम नामिबिया प्रस्थान गर्ने छ।

हाल नेपाली राष्ट्रिय क्रिकेट टिम टियू मैदान कीर्तिपुरमा अभ्यास गरिरहेको छ। अभ्यासमा पहिलो चरणका २१ जना खेलाडी सहभागी छन्। दुबई भ्रमणमा जानुअघि नेपालले अन्तिम टिम घोषणा गर्नेछ। प्रशिक्षक टमाटाले डिभिजन–२ नेपालका लागि जित्नै पर्ने प्रतियोगिता भएको भन्दै सोहि अनुसार तयारी गरिरहेको जानकारी दिए।


डिभिजन २ मा नेपालका खेल :

२५ माघ

नेपाल भर्सेस नामिबिया (डब्लुएपी मैदान)

माघ २६ गते

नेपाल भर्सेस ओमान (डब्लुएपी मैदान)

माघ २८ गते

नेपाल भर्सेस यूएइ (ट्रस्टको युनाइटेड मैदान)

२९ माघ

नेपाल भर्सेस केन्या( वान्डरेरर्स मैदान)

फागुन २ गते 

नेपाल भर्सेस क्यानडा (वान्डरेरर्स मैदान)

३  फागुन

फाइनल (वान्डरेरर्स मैदान)

तेस्रो र चौथो प्ले अप (डब्लुएपी मैदान)

पाँचौ र छैटौं प्लेअप (ट्रस्टको युनाइटेड मैदान)

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.