|

सुनसरी : राष्ट्रपति विद्यादेवी भण्डारीले इटहरीलाई प्रदेश एकको खेलकुद सिटी बनाउनु सकिने बताएकी छन्। इटहरी रंगशालामा आयोजित मदन भण्डारी मेमोरियल इटहरी अन्तराष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगितामा उनले भौतिक पुर्वधारको विकास गरेर इटहरीलाई खेलुकद सिटी बनाउन सकिने बताएकी हुन्।

'इटहरीमा जुन हिसावले खेलकुदका लागि भौतिक संरचना विकास गरेर प्रदेश एककै खेलकुद सिटी बनाउने अभियानलाई मूर्त रुप दिने प्रयास गरिएको छ, यो अत्यन्तै सराहनीय कार्य हो' राष्ट्रपति भण्डारीले भनिन्। उनले इटहरी खेकुलको हव बन्दै गएको  समेत बताएकी छन्। जननेता स्व. भण्डारीको नामबाट ठूलो पुरस्कार राशीको मदन भण्डारी मेमोरियल इटहरी अन्तराष्ट्रिय आमन्त्रण फुटबल खेलको आयोजना हुनु ऐतिहासिक कार्य भएको बताइन्।

युवा तथा खेलकुल मन्त्री राजेन्द्र केसीले ठूला ठूला राशीका प्रतियोगिता खेललाई थप राम्रो गराउने बताए। उनले इटहरीमा यति ठूलो पुरस्कार राशीको गोल्डकप हुनु गौरवको विषय भएको प्रतिक्रया दिए।

राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्टले इटहरी पूर्वकै उदयमान शहर हुनुसँगै यस क्षेत्रमा हरेक खेलका उर्जावान खेलाडीहरु उत्पादन हुनुले पनि इटहरी खेलकुद सिटीको हव बनिरहेको तर्फ कसैले नकार्न नसक्ने बताए। उनले इटहरीलाई खेलकुदको पुर्वाधार सम्पन्न स्थानका रुपमा विकास गर्न राखेपले प्रर्याप्त प्रयास गर्दै १५ वटा खेलका अन्तराष्ट्रियस्तरका खेलकुद मैदान तयार भइरहेको जानकारी गराए।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.