|

सुनसरी :  इटहरीमा शनिबारबाट सुरु भएको अन्तर्राष्ट्रिय आमन्त्रण मदन भण्डारी ममोरियल इटहरी गोल्डकपमा काठमाण्डौको थ्रिस्टार क्लबले विजयी सुरुवात गरेको छ। थ्रिस्टारले शसस्‍त्र प्रहरी वल एपीएफलाई २–१ गोलले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ।

डेढ वर्षपछि नेपाली फुटबलमा फर्किएको थ्रिस्टारका लागि दुबै गोल अजयी मार्टीनले गरे। मार्टीनले खेलको ३८ औँ र ४५ औँ मिनेटमा गोल गरे। एपिएफले भने आत्माघाती गोल उपाहार पाएको थियो।

दोस्रो हाफको २२ औँ मिनेटमा पिटर सेगेनले आत्माघाती गोल गरेपनि खप्तड गोल्डकपको उप विजेता एपीएफले जित निकाल्न सकेन। खेलको शुरुवात देखि नै थ्रि स्टार हावी भएको खेलमा खेलको ३८ औँमिनेटमा बुद्ध चेम्जोङ्गले प्रहार गरेको बल पोष्टमा ठोकिदै रिवान्ड हुँदा मार्टीनले गोल गरे। दोस्रो गोल पनि बुद्धकै पासमा गरे।

खेलको म्यान अफ द म्याच विजयी टिमका मार्टिन घोषित भए। प्रतियोगिता अन्तर्गत आइतबार मनाङ मर्स्याङदी क्लब र झापा ११ बीच प्रतिष्पर्धा हुनेछ। शनिबार देखी सुरु भएको मोफसलकै सर्वाधिक पुरस्कार राशीको गोल्डकप माघ १३ गते सम्म हुने छ।

गोल्डकपमा दुई  विदेशी सहित ८ टिमको सहभागिता छ। प्रतियोगितामा नेपालका मनाङ मर्स्याङदी, थ्रीस्टार, नेपाली सेनाको त्रिभुवन आर्मी, आयोजक राष्टिय जागृती क्लब, झापा ११, एपीएफ काठमाण्डौंले सहभागीता जनाउने छन्।

यस्तै विदेशी टिमहरु डुक एयर भुटान र गरिफा स्पोर्टिङ क्लब कलकत्ताले पनि सहभागिता रहेको आयोजकले जानकारी दिएको छ। विजेताले १२ लाख नगद सहित अढाइ तोला सुन र ८० तोला चाँदी जडित शिल्ड समेत पाउने छन। उप विजेतालाई ६ लाख नगद र ट्रफी प्रदान गरीने छ। यसअघि उप विजेतालाइ ५ लाख दिइने बताइए पनि आयोजकले पुरस्कार राशीमा वृद्धि गरेको हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.