रुपन्देहीमा तीन पत्रकार तेस्रो लिंगी

|

रूपन्देही : सरोकारवालाहरुले समलिंगी बीच हुने विवाहालाई कानुनी मान्यता दिनको लागि आग्रह गरेका छन्। । ११ बर्षदेखि समलिंगी सम्वन्धमा रहेका सुमन चेपाङले समलिंगी विवाहलाई कानुनी मान्यता नदिदाँ कानुनी रुपमै विवाह गरेर बस्न नपाएको बताउदै मान्यता दिन आग्रह गरे।

नील हिरा समाजले भैरहवामा यौन तथा लैगिंक अल्पसंख्यक समुदायका विषयमा संचारकर्मीसँग  गरेको अन्तरक्रियामा उनीहरुले यस्तो गुनासो गरेका हुन्।  चेपाङले आफूलाई घरमा सबैले स्वीकारेको बताउँदै समलिंगी विवाह गरेर धर्मसन्तान राख्न पाउनेसम्मको कानुन बनाउन राज्यलाई दवाव दिनु पर्ने बताए । सुमन ११ बर्षदेखि बिष्णु माया चेपाङसँग समलिंगी सम्वबन्धमा छन्।

१२ बर्षदेखि समलिंगी सम्वबन्धमा रहेका विनोद विसीले पोखराबाट आफूसँग भागेर आएकी महिलाको परिवारले आफ्नो परिवारलाई नै मानवबेचखिन विरुद्धको मुद्धा हालेको बताइन। विसीले कानुन नबन्दा धेरै हण्डर खेप्नु परेको बताए । विनोद अहिले गुल्‍मीकी पूजा थापासँगको समलिंगी सम्बन्धमा छन् । सुसरालीमा आउ जाउ भइरहेको बताउँदै विसीले अहिले धेरै राम्रो भइरहेको सुनाए। तर, कानुन नबन्दा समलिंगी विवाह गरेर धर्मसन्तान राख्न नपाएको विसीको भनाई छ ।

तेस्रोलिंगी शाहबुद्धिन खाँले सानै उमेर विवाह भएकाले अहिले लुकीछिपी महिला व्यवहार देखाउने गरेको बताए। अर्काकी छोरीको भविष्य हेरेर परिवारमा खुल्न नसकेको उनको भनाई थियो। पन्देहीमा ५ हजार यौनिक तथा लैंगिक अल्पसंख्यक नील हिरा समाजको सम्पर्कमा आएका छन् । नील हिरा समाजले भैरहवामा पत्रकारसँग गरेको अन्तरक्रियामा समाजको शाखा कार्यालय भैरहवाकी कार्यक्रम संयोजक मनिला न्यौपानले अहिलेसम्म ५ हजार यौनिक तथा लैंगिक अल्पसंख्यक सम्पर्कमा आएको जानकारी दिएकी हुन्।

रोजीरोटीको समस्याका कारण रुपन्देहीमा खुल्नेको संख्या धेरै भएपनि धेरै विदेश जाने गरेको बताइन। मेधशी समुदायमा सानै उमेरमा विवाह गरिदिदाँ झन समस्या आउने गरेको न्यौपानेको भनाई छ। तेस्रोलिंगी अधिकारकर्मी आनिक रानाले पहिचान अनुसारको नागरिकता मात्रै दिएर अरु अधिकारबाट आफ्नो समुदायलाई राज्यले बञ्चित गराएको बताइन।

उनले विरामी भएर उपचार गराउन अस्पताल जादाँ समेत विभेदमा परेको बताइन। नेपाल रोल मोडमा फष्ट रनरअपको उपाधी पाएकी अवान्तिका घर्तीले समाजको हेर्ने दृष्टिकोणमा विस्तारै परिवर्तन आउन थालेको उनको भनाइ छ।

रुपन्देही तीन पत्रकार छन् तेस्रो लिंगी

रुपन्देहीमा तीन जना तेस्रोलिंगी विभिन्न मिडियामा कार्यरत रहेका छन्। तेस्रोलिंगी आनिक राना बुद्ध टेलिभिजनमा कार्यक्रम प्रस्तोता छिन। त्यस्तै अर्का तेस्रो लिंगी  विनोद विसी रुपन्देही एफ एममा समाचार वाचन गर्छन्।  अर्का एक जना रेडियो लुम्बिनीमा कार्यरत छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.