|

कपिलवस्तु : प्रदेश नम्बर–५ को प्रादेशिक राजधानी कपिलवस्तु हुनुपर्ने माग गर्दै भइरहेको आन्दोलनले उग्ररूप लिएको छ । सरकारले ५ नम्बर प्रदेशको अस्थायी मुकाम रूपन्देही तोकेसँगै सुरु भएको बिरोध प्रर्दशनको क्रममा शनिबार अपरान्ह तौलिहवामा प्रधानमन्त्री शेरबहादुर देउवाकोे पुत्ला दहन भएको छ। 

प्रदर्शनकारीले कपिलवस्तु सदरमुकामस्थित प्रशासन कार्यालय अगाडि प्रधानमन्त्रीको पुत्ला जलाएका हुन्। सरकारले कपिलबस्तुलाई अपहेलित गर्दै रूपन्देहीलाई अस्थायी मुकाम तोकेकाले बाध्य भएर सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री देउवाको पुत्ला जलाउनु परेको कपिलवस्तु युवा संघर्ष समितिका संयोजक रउफ अहमद खाँले बताए।

तीन दिने बन्द तथा चक्काजामले मात्र आफ्ना मागको सुनुवाई नभएकाले थप दबाव दिन प्रधानमन्त्रीको पुत्ला दहन बाध्य भएको उनले बताए। प्रदेशको स्थायी राजधानी कपिलवस्तु नतोकिएसम्म आन्दोलन जारी रहने संघर्ष समितिका दीपक पाण्डेले बताए। निरन्तरको प्रदर्शनपछि जिल्ला सदरमुकाममा ठूलो संख्यमा प्रहरी परिचालन गरिएको छ। प्रदर्शनको क्रममा हुनसक्ने घटनालाई मध्यनजर गर्दै ठूलो संख्यामा प्रहरी परिचालन गर्नुपरेको प्रहरीको भनाइ छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.