|

दाङ :  प्रदेश नम्बर पाँचको अस्थानीय राजधानी बुटलवलमा तोकिएपछि पाँच दिनदेखि जारी आम हड्ताल फिर्ता भएको छ। शनिबार राति ११ बजेदेखि आमहड्ताल स्थगित हुने तर अन्य विरोधका कार्यक्रम भने जारी राख्ने संयुक्त संघर्ष समितिले जनाएको छ।

‘सबै प्रकारका आन्दोलन र संघर्ष चलिरहन्छ तर आमहड्ताल भने स्थिगीत गर्ने तयारीमा छौँ।' संयुक्त संघर्ष समितिका संयोजक टीकाराम खड्काले भने ‘हामी बैठकमै छौं, राति ११ बजेदेखि आमहड्ताल स्थगित हुन्छ।'

माघ २५ गते राष्ट्रियसभा सदस्यको निर्वाचन दाङमा हुँदैछ।सोही निर्वाचनलाई मध्यनजर गर्दै र सर्वसाधारण नागरिक मारमा परेको भन्दै आम हड्तालको कार्यक्रम स्थगित गर्ने दबाब चारैतिरबाट परेको थियो। विरोधसभा, कोणसभा, ज्ञापन पत्र बुझाउने जस्ता अन्य विरोधका कार्यक्रम भने यथावत रहने समितिले जनाएको छ ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.