|

अफगानिस्तान: अफगानिस्तानको कुन्दुज प्रान्तमा आतङ्ककारी विरुद्ध गरिएको सुरक्षा कारबाहीमा परी कम्तीमा १५ जना आतङ्ककारी मारिएका छन्। दुई कमाण्डरसहित १५ आतङ्ककारी मारिएका स्थानीय सुरक्षा अधिकारीले जानकारी दिएका छन्। शुक्रबार रातिदेखि जारी रहेको यस सुरक्षा कारबाहीमा परी अरू सात जना घाइते भएका छन्। 

कुन्दुज प्रान्तको चाहार डारा जिल्लामा सरकारी सुरक्षाकर्मीले लडाकू विरुद्ध कारबाही जारी राखेका छन्। 'घटनामा १५ जना मारिएका छन्, ती मध्ये दुई जना तालिवान कमाण्डर हुन् भने सात जना घाइते भएका छन्', उत्तरी क्षेत्रका प्रहरी प्रवक्ता अब्दुल खालिल खालिलिले भने। उनका अनुसार घटनामा परी सुरक्षाकर्मीतर्फ तीन जना घाइते भएका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.