|

काठमाडौं : साम्राज्ञी राज्यलक्ष्मी शाह अभिनित फिल्म 'इन्टु मिन्टु लण्डनमा'को छाया‌ङ्कनका केही तस्विर सार्वजनिक भएका छन्। बेलायतको लण्डनमा खिचिएको यो फिल्मको सार्वजनिक तस्विरमा मुख्य कलाकार साम्राज्ञी र धिरज मगर 'फिचरिङ' छन्। तस्विरमा दुवै जनालाई रोमान्टिक मुडमा देख्न सकिन्छ।

रेनशा बान्तवा राई निर्देशित उक्त फिल्मको ७५ प्रतिशत छाया‌ङ्कन सकिएको छ। नृत्य निर्देशक रेनिशाको डेब्यु निर्देशन रहेको यस फिल्म धिरजको पनि डेब्यु फिल्म हो। ‘आई कोर फिल्मस्’को ब्यानरमा निर्माण भएको ‘इन्टु मिन्टु लण्डनमा’मा प्रभुशमशेर जबरा र प्रज्ज्वलशमशेर जबराको रहेको छ।

रोमान्टिक लभस्टोरी फिल्ममा निर्माता जबरा र निर्देशक राईको कथा समावेश छ। फिल्ममा शैलेन्द्र डि.कार्कीको छाया‌ङ्कन तथा सुजिल कर्माचार्य, हर्कुलस बस्नेत, स्वप्न सुमन र वसन्त सापकोटाको संगीत रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.