|

सुनसरी:  इटहरीमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण मदन भण्डारी मेमाेरियल इटहरी गोल्डकपमा आज मनाङ मर्स्याङ्दी क्लब र झापा ११ बीच प्रतिस्पर्धा हुँदैछ।

इटहरीस्थित क्षेत्रीय रंगशालामा दिउँसो साढे २ बजे सुरु हुने खेलमा विजयी हुने टिमले आयोजक राष्ट्रिय जागृति क्लब र गरिफा स्पोर्टिङ क्लब कोलकत्ताबीच हुने खेलको विजेतासँग सेमिफाइनलमा भेट पक्का गर्नेछ। यसअघि शनिबार भएको उद्घाटन खेलमा ललितपुरको क्लब थ्रीस्टारले विजय सुरुवात गरेको थियो।

थ्रीस्टारले सशस्त्र प्रहरी बल एपीएफलाई २–१ गोलले हराउँदै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो। थ्रीस्टारले सोमबार हुने त्रिभुवन आर्मी र डुक युनाइटेड भुटानबीचको विजेतासँग माघ १० गते प्रतिस्पर्धा गर्नेछ।

दुई विदेशी सहित ८ टिमकाे सहभागिता  रहेकाे मोफसलकै सर्वाधिक पुरस्कार राशीको गोल्डकप माघ १३ गते सम्म चल्नेछ।  प्रतियोगितामा विजेताले १२ लाख नगदसहित अढाइ तोला सुन र ८० तोला चाँदीजडित शिल्ड प्राप्त गर्नेछ।  उपविजेताले ६ लाख नगद र ट्रफी पाउनेछ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.