|

इंगलिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले उपाधि होड थप बलियो बनाउँदै लगेको  छ। प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा न्यु क्यासल युनाईटेडमाथि सर्जिओ अगुइरोले ह्याट्रिक गरेपछि न्युक्यासल युनाईटेमाथी ३–१ को जित निकाल्दै लिगमा दोस्रा स्थानको युनाईटेड भन्दा १२ अंकको अग्रता कायम गर्न सफल भयो।

जितपछि सिटी प्रसिक्षक पेप ग्वार्डिओलाले प्रिमियर लिग इतिहासमानै फराकिलो अग्रताका साथ सिटीले उपाधि जित्ने अपेक्षा ब्यक्त गरे। उपाधि लगभग पक्का गरीसकेको सिटी निरन्तर पराजित नभएमात्र अन्य टिमले मौका पाउने छन्। जुन सम्भावना गणीतीय मात्र हो। जारी सिजन सिटीको उत्कृष्ट फर्मले कसैलेपनि पछिल्ला क्रममा सिटीले खराव खेल्ने अपेक्षा गरेका छैनन्।

सन् २०१२ र २०१४ मा दुईपटक लिग च्याम्पियन बनेको सिटीले जारी सिजन २४ खेलमा ६५ अंक जोड्दै पहिलो स्थानमा रहेको छ। दोस्रो स्थानमा रहेको म्यान्चेस्टर युनाइटेडले समान खेलबाट ५३ अंक जोड्दा यी दुईबीचको अंक दुरी १२ रहेको छ।

अब यो सिजन १४ खेल खेल्न बाँकी छ। सिटीले कीर्तिमानि जित निकाल्नका लागि  १० खेलमा जित र एउटामा मात्रै बराबरी गरे यसअघि २००४-२००५  चेल्सीले बनाएको सर्वा्धिक ९५ अंकको रेकर्ड तोड्नेछ।

अगुइरोको ११ औं ह्याट्रिक

सिटीको जर्सीबाट सर्जिओ अगुइरोले ११औँ ह्याट्रिक पुरा गरेका छन्। अगुइरोको यो सिजनको दोस्रो ह्याट्रिक हो। उनले यसअघि १६ सेप्टेम्बरमा भएको खेलमा वार्टफोर्डलाई ६-० ले हराउँदा सिजनको पहिलो ह्याट्रिक गरेका थिए। जारी सिजन उनले लिगमा २२ गोल गरिसकेका छन्। साथै अगुइरो प्रिमियर लिगमा २ सय गोल पुरा गर्ने सिटीका ७ औं खेलाडी बनेका छन्। 

खेल सुरु भएको ३४ मिनेटमा पहिलो व्यक्तिगत गोल गरेका अगुइरोले ६३ मिनेटमा प्राप्त पेनाल्टीलाई सदुपयोग गर्दे दोस्रो गोल गरेभने खेल सकिन मात्र ७ मिनेट बाँकी रहँदा ह्याट्रिक पूरा गरे। न्यु क्यासलका लागि एक मात्र सान्त्वना गोल खेलको ६७ मिनेटमा मर्फीले गरेका थिए। सिटीले प्रिमियर लिगमा आइतबार लिभरपुलसँग पहिलो पराजय भोगेको थियो।

यसैबीच इंग्लिस प्रिमियर लिगअन्तर्गत नै गएराति भएका अन्य खेलहरुमा शीर्ष क्लबहरु म्यान्चेस्टर युनाइटेड, चेल्सी, तथा आर्सनल विजयी भएका छन्। बर्नलीमाथि युनाइटेडले १-० को कठिन जित निकाल्दा चेल्सीले भने ब्राइटनलाई ४–० ले पाखा लगायो। आर्सनलले क्रिस्टल प्यालेसलाई ४-१ गोल अन्तरले पराजित गर्यो ।


 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.