|

काठमाडौं : रंगपत्रकार सुव्रत आचार्यले नयाँ फिल्म निर्देशन गर्ने भएका छन्। आचार्यले सलोन बस्नेत र सारा शिर्पालीको मुख्य भूमिका रहने फिल्म 'सुश्री सम्पत्ति' निर्देशन गर्न लागेका हुन्। सुव्रतले यसअघि फिल्म अर्धकट्टी निर्देशन गरिसकेका छन्।

केही दिनमा नै एक कार्यक्रमको गरी फिल्मको औपचारिक घोषणा गरिने छ। कमेडी तथा सामाजिक कथामा निर्माण हुन लागेको फिल्ममा सलोन र सारासँगै विनोद न्यौपाने, प्रमोद अग्रहरि, विशारद बस्नेत, राजाराम पौडेलको पनि अभिनय रहने पक्का भएको छ।

रमेश त्वयनाले निर्माण गर्ने यस फिल्ममा सुरेश अधिकारीको संगीत, कविराज गहतराजको कोरियोग्राफी रहनेछ। सम्पूर्ण छायांकन पोखरामा हुने यस फिल्मलाई अर्जुन तिवारीले खिच्नेछन्।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.