|

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले अस्थायी रुपमा तोकिएको प्रदेश राजधानी नै अन्तिम नहुने भन्दै यसमा फेरबदल हुन सक्ने बताएका छन्।

आइतबार बिहान नेवा–ताम्सालिङ समन्वय समितिले ३ नम्बर प्रदेशको नामाकरण, प्रदेशको राजधानी, कामकाजीको भाषालगायत विषयमा सरकारलाई ध्यानाकर्षण गराउन गएको टोलीसँग बालुवाटारमा यस्तो आश्वासन दिएका हुन्।

नेवा तम्सालिङ समन्वय समितिले ३ नम्बर प्रदेशको नाम नेवा–ताम्सालिङ हुनुपर्ने, प्रदेश नम्बर ३ को राजधानी काभ्रे हुनुपर्ने, प्रदेशभित्र रहेका आदिवासी जनजाति अति सीमान्तकृत समुदायलाई संविधानमा व्यवस्था भएअनुसार विषेश,

संरक्षित र स्वयत्त क्षेत्रको व्यवस्था गर्न गर्नुपर्ने, प्रदेश नम्बर ३ को सरकारी कामकाजिको भाषा तामाङ र नेवा हुनुपर्ने लगायतका माग राखी ज्ञापन पत्र बुझाएको ताम्सालिङ संघर्ष समितिका संयोजक जयप्रसाद गोलेले जानकारी दिए। ज्ञापनपत्र बुझाउन नेकपा एमाले, नेकपा माओवादी र कांग्रेसका तामाङ तथा नेवार नेता र सामाजिक संस्थाका अगुवा पुगेका थिए।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.