|

कास्की : प्रदेशसभा ४ का प्रदेशसभा सदस्यहरुले शपथ लिएका छन्।

प्रदेशसभाका ज्येष्ठ सदस्य जनकलाल श्रेष्ठले आइतबार प्रदेशसभाका सदस्यहरुलाई शपथ ग्रहण गराएका हुन्। प्रदेशसभा सदस्यहरुको शपथ ग्रहण पोखरास्थित नगर विकास प्रशिक्षण केन्द्रको हलमा गरिएको हो।

उक्त कार्यक्रममा प्रदेश नम्बर ४ का प्रमुख बाबुराम कुँवर लगायत सुरक्षा निकाय र राजनीतिक दलका नेतारुह तथा प्रशासकीय अधिकृतहरुको उपस्थिति रहेको थियो।

दिपक मनाङे अनुपस्थित

शपथ ग्रहण कार्यक्रममा मनाङ प्रदेशसभा 'ख' बाट निर्वाचित दीपक मनाङे भनिने राजिव गुरुङ अनुपस्थित रहेका छन्।

ज्यान मार्ने उद्योगमा पाँच वर्षको जेल सजाय पाएका मनाङेको मुद्दामा पुनरावेदन अदालतले गरेको फैसला सर्वोच्च अदालतले सदर गरेपछि उनी फरार भएका हुन्।

मनाङे एमालेबाट उम्मेदवार बन्न खोजेपनि अन्तिम अवस्थामा एमालेले खुलेर साथ नदिएपछि उनी स्वतन्त्र उम्मेदवार बनेका थिए। एमाले मनाङले प्रदेशभा 'ख'बाट उम्मेदवारी फिर्ता लिएर मनाङेलाई समर्थन गरेको थियो।

उक्त सथप ग्रहण कार्यक्रममा प्रदेशसभा सदस्य रामबहादुर गुरुङ पनि अनुपस्थित रहे। उनी देश बाहिर रहेकोले शपथ ग्रहणमा अनुपस्थित हरेको बताइएको छ। गुरुङ तनहुँ क्षेत्र नम्बर १ को प्रदेशसभा 'क'बाट निर्वाचित भएका हुन्। 

प्रदेशभा ४ मा ६० जना सांसद रहेका छन्। जसमध्ये आइतबार ५८ जनाले शपथ ग्रहण लिएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.