|

जनकपुरधाम : प्रदेश नं. २ का प्रदेशसभा सदस्यहरुले कुन भाषामा शपथ खुवाउने भन्ने विवादका बाबजुद नेपाली भाषामा शपथग्रहण गराएका छन्। प्रदेशसभा सदस्यको जेष्ठताको आधारमा ललनलाल चौधरीले नेपाली भाषामा शपथ खुवाएका थिए भने, अन्य सदस्यहरुले आ–आफ्नो भाषामा शपथग्रहण गरेका छन्। 

जनकपुरस्थित उद्योग वाणिज्य संघको राजर्षि जनक सभाहलमा प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थबाट जेष्ठ सदस्य ललनलाल चौधरीले नेपाली भाषामा शपथ लिएपछि चौधरीले नेपाली भाषामै शपथग्रहण गराएका थिए। एमालेका चौधरी सिरहाको क्षेत्र नं. १ को (क) बाट निर्वाचित प्रदेशसभा सदस्य हुन्।

यद्दपि, प्रदेशसभा अधिकांश सदस्यहरुले नेपाली शपथ नलिने भन्दै विरोधका बाबजुद एमालेका जेष्ठ सदस्य ललनलाल चौधरीले नेपालीमा शपथग्रहण गराएका थिए भने, अन्य सांसदहरुले मैथिली, नेपाली, भोजपुरी र हिन्दी भाषामा समेत शपथग्रहण गरेका थिए।

विवादका क्रममा राष्ट्रिय जनता पार्टी नेपालका नेता मनीष सुमनले मैथिलीमा शपथ लिने जिकिर गरे पनि राजपाकै अर्को नेता जितेन्द्र सोनलले हिन्दीमा शपथ लिने भनेका थिए।

त्यस्तै, धोती तथा कुर्थामा सजिएका माओवादीका केन्द्रका धनुषा क्षेत्र नं. १ को (ख) बाट निर्वाचन नेता रामचन्द्र मण्डलले मैथिलीमा शपथ लिने जिकिर गरेका थिए।

त्यसपछि सम्पूर्ण सदस्यहरुको लागि आपूmले चाहेको नेपाली, मैथिली, भोजपुरी र हिन्दी भाषामा शपथ लिने व्यवस्था मिलाइएको थियो। जेष्ठ सदस्य चौधरीले नेपालीमा शपथग्रहण गरी नेपालीमै शपथ वाचन गरेका थिए भने अन्य प्रदेश सदस्यहरुले आ–आफ्नो भाषामा सपथ ग्रहण गरेका थिए।

प्रदेश नं. २ को ८ जिल्लाका प्रत्यक्षतर्फ ६४ जना र समानुपातिकतर्फ ४३ जनासहित १ सय ७ जनाले शपथग्रहण गरेको मध्ये ४७ जनाले मैथिली (बज्जिका र मगही), २४ जनाले भोजपुरी २५, नेपाली २५ र हिन्दीमा ११ जनाले शपथग्रहण गरेका थिए।

धनुषाका प्रमुख जिल्ला अधिकारी दिलीपकुमार चापागार्इंको उद्घोषणमा भएको शपथग्रहण समारोहमा प्रदेश प्रमुख रत्नेश्वर लाल कायस्थले आगामी माघ २१ गते संसद अधिवेशनको पहिलो बैठक जनकपुरको शैक्षिक तालिम केन्द्रमा बस्ने घोषणा गर्दै कार्यक्रम सम्पन भएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.