|

  • रुपेश दुलाल

मकवानपुर : प्रदेश नम्बर ३ का सांसदहरुको शपथ ग्रहण सम्पन्न भएको छ।

क्षेत्रीय शिक्षा निर्देशनालयको सभाकक्षमा प्रदेश नम्बर ३ की प्रमुख अनुराधा कोइरालाको उपस्थितिमा सांसदहरुको शपथ ग्रहण कार्यक्रम सम्पन्न भएको हो।

प्रदेश नम्बर ३ का सांसदहरुलाई ज्येष्ठ सदस्यको हैसियतले मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर १ प्रदेशसभा ‘ख’ बाट निर्विचत सांसद डोरमणि पौडेलले शपथ ग्रहण गराएका हुन्।

सुरुमा प्रदेश प्रमुख कोइरालाले पौडेललाई शपथ गराएपछि उनले १०९ सांसदलाई शपथ गराएका हुन्।

प्रदेश नम्बर ३ को अस्थायी राजधानी हेटौँडालाई तोकेको छ। जहाँ ३ नम्बर प्रदेश प्रदेशअन्तर्गत काठमाडौं, भक्तपुर, ललितपुर, मकवानपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, चितवन, धादिङ, रसुवा, नुवाकोट, दोलखा, रामेछाप र सिन्धुलीबाट निर्वाचित प्रदेशसभा सदस्यहरुले शपथ लिएका हुन्।

प्रदेशसभाका सदस्यहरु कोही जातीय तथा सांस्कृतिक पहिरनमा शपथ ग्रहण गर्न आएका थिए।

हेर्नुहोस् फोटो:

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.