|

विराटनगर : १ नम्बर प्रदेश प्रदेश सभाका सदस्यहरुले शपथ लिएका छन्। प्रदेशको अस्थायी राजधानी विराटनगरको विरेन्द्रसभागृहमा उनीहरुले शपथ लिएका हुन्।

१ नम्बर प्रदेश प्रमुख डा. गोविन्दबहादुर तुम्बाले प्रदेशसभाका जेष्ठ सदस्य ओमप्रकाश सराबागीलाई सपथ ग्रहण गराए भने अन्य सदस्यलाई सराबगीले शपथ गराएका हुन्।

बिहान १० बजे सपथ सुरु हुने भनिए पनि साढे ११ बजे सपथ ग्रहणको कार्यक्रम भएको थियो। १ नम्बर प्रदेशसभामा प्रत्यक्ष र समानुपातिक गरि ९३ जना सदस्य रहेका छन्। शपथग्रहण कार्यक्रममा सबै सदस्यको उपस्थिति रहेका थिए।

शपथग्रहण कार्यक्रममा क्षेत्रीय प्रशासक राजेश्वरमान सिंह, उच्च अदालतका न्यायाधीश शेरबहादुर कार्की, एक नम्बर क्षेत्रका प्रहरी प्रमुख पशुपति उपाध्यायसहित प्रतिनिधिसभाका सांसद तथा पूर्व सांसद, नागरिक समाज, उद्योगी–व्यापारी, राजनैतिक दलका नेता तथा विभिन्न व्यक्तित्वको सहभागिता थियो। 

सराबगीले भने, शपथ गराउन पाउनेबारे सोचेको थिइनँ

प्रदेश सभाका जेष्ठ सदस्य ओमप्रकाश सरावागी झापाको भद्रपुर नगरपालिका ५ निवासी हुन्। पञ्चायतकालमा वडा अध्यक्ष भएका ७४ वर्षीय सराबगी नेपाली कांग्रेसका तर्फबाट समानुपातिक सांसन बनेका हुन्।

राजनीतिमा सक्रिय सराबगीले आफूले प्रदेशसभाको सदस्य भएर सपथ ग्रहण गराउने भन्ने विषय नसोचेको प्रतिक्रिया दिनुभयो। जनताले आफू र प्रदेशसभाकाम सबै विजयी सांसदले देशको विकास र समृद्धि गर्ने आशा गरेको बताए। उनै सराबगीले सभाको सभामुख चयन नभएसम्म सभा सञ्चालन गर्ने भएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.