|

कपिलवस्तु : बढ्दो दुर्घटना न्यूनीकरण गर्न भन्दै कपिलवस्तुमा जिल्ला ट्राफिक प्रहरी कार्यालयले सडकमै सवारी चालकलाई सचेतना अभियान सुरु गरेको छ।

सवारी दुर्घटनामा प्रत्यक्ष रुपमा जोडिएका चालक, सहचालकलगायत यात्रुहरुलाई केन्द्रमा राखेर आइतबार तौलिहवामा बिहानैदेखि सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको ट्राफिक प्रहरीले जनाएको छ।

‘ट्राफिक नियम जानौँ र मानौँ, आफू पनि ‘बचौँ र अरुलाई पनि बचाऔँ’ भन्ने अभियानका साथ सचेतना अभियान सुरु गरेको हो। सड्कमा तीव्र गतिमा सवारी चलाउँदा आइपर्ने समस्यासँगै बढ्दो दुर्घटना

न्यूनीकरणलाई घटाउन भन्दै अभियान सुरु गरिएको जिल्ला ट्राफिक कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक अमर बहादुर कार्कीले बताए। सवारी चालकलाई प्रशिक्षण दिँदै कार्कीले भने, ‘तीव्र गति र ओभर लोडले जिवनलाई क्षति पु¥याउँछ, यसैलाई मनन गरेर सवारी साधनको क्षमताभन्दा बढी सामान नबोक्नुस्।’

पछिल्लो समय कपिलवस्तुमा ट्रयाक्टरको लापरबाहीले दुर्घटना बढेको भन्ने जनगुनासो आएकाले विशेष गरी ट्रयाक्टरको ओभरलोड नियन्त्रण र नाइटभिजन स्टिकर नभएका सवारीलाई कारबाही गरिएको प्रहरी निरीक्षक कार्कीले बताए। सवारीसाधन चलाउँदा सानो लापरबाहीले पनि दुर्घटना हुने हुँदा सबै पक्ष मिलेर दुर्घटना न्यूनीकरणमा ध्यान दिन उनको आग्रह छ।

सवारी चालकलाई दिने सचेतना अभियान जिल्लाको बिभिन्न स्थानमा गरिने ट्राफिक कार्यालय कपिलबस्तुले जनाएको छ। सचेतना अभियानमा सवारी चालक, सवारी धनी र आम सर्बसाधारणलाई १ घण्टा सम्मको प्रशिक्षण दिइने गरेको ट्राफिक प्रहरी निरीक्षक अमर बहादुर कार्की जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.