|

रुपन्देही : १९९५ माघ १९ मा जन्मिएका बलदेव शर्मा प्रदेश नम्बर पाँचको अस्थायी सभामुख बनेका छन्। ६८ जना सांसद्मध्येका जेष्ठ सांसद शर्माले आइतबार बिहान प्रदेश प्रमुख उमाकान्त झाबाट शपथ लिए। शपथ लिएलगत्तै उनले प्रदेश सांसदहरुलाई शपथ गराएका थिए।

रुपन्देही तिलोत्तमा १८ का बासिन्दा शर्माले संस्कृत साहित्यमा मध्यमा गरेका छन्। शपथग्रहणपछि कुराकानी गर्दै उनले आपूmले अस्थायी सभामुखको जिम्मेवारी पाएकोमा खुसी व्यक्त गरे।

राजनीतिक अनुभव

२०११ सालमा संस्कृत छात्र संघमा सक्रिय

२०१२ मा नेपाल छात्र संघमा सक्रिय

२०१४ मा भद्र अवज्ञा आन्दोलनमा सक्रिय

२०१५ मा आम निर्वाचनमा प्युठान जिल्लामा संगठन विस्तार र प्रचारप्रसारमा खटिएको

२०१७ मा तत्कालीन राजा महेन्द्रको कदमको विरोध गर्दा ३ वर्ष जेल यातना

२०२४ मा नेपाली कांग्रेस रुपन्देहीको सचिव २०३८ सालसम्म

२०३६ को जनमत संग्रहमा सक्रिय रही रुपन्देही बहुदल जिताउन सक्रिय

२०४२ को सत्याग्रहमा ४ महिना जेल यातना

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.